Jilla Ban Notis

युनाईटेड मिसन टु नेपालको नवलपरासी कलस्टरद्धारा सामाजिक लेखापरीक्षण सम्पन्न ।

0 26

कृष्ण ढकाल
बर्दघाट,असोज–१९
स्वास्थ्य शिक्षा र सामुदायिक विकासमा केन्द्रित रहेर नवलपरासी र रुपन्देही जिल्लामा कार्यक्रम सञ्चालन गर्दै आएको यूनाईटेड मिसन टू नेपाल नवलपरासी कलस्टरले आफ्नो सामाजिक लेखापरीक्षण सम्पन्न गरेको छ ।
अन्तर्राष्ट्रिय गैरसरकारी संस्था युनाईटेड मिसन टु नेपालको नवलपरासी कलस्टरले नवलपरासीको भुमहिमा जिल्लाका सरोकारवाला जिम्मेवार निकायका प्रमुख तथा प्रतिनिधिहरुलाई जम्मा गरेर आफ्नो सामाजिक लेखापरीक्षण सम्पन्न गरेको हो ।
सो क्रममा गत आ.ब.२०७७÷०७८ मा यूनाईटेड मिसन टू नेपाल नवलपरासी कलस्टरले करिव ५ करोड बढीको कार्यक्रम गरेको लेखा प्रतिवेदन प्रस्तुत गरेको थियो । त्यस्तै आफ्ना साझेदार संस्थाहरु मार्फत गरेको लगानीको सहि सदुपयोग भयो कि भयन? गरेको कामको प्रभावकारीता के रहयो ? र आगामि दिनमा केगर्नु पर्ला ? भन्ने बिषयमा समेत सरोकारवालाहरुसंग राय सुझाब संकलन गरीएको थियो ।

यूनाईटेड मिसन टू नेपाल नवलपरासी कलस्टरकी टिम लिडर सबु तामाङ्गको अध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायको प्रमुख आतित्थ्यथा भएको उक्त सामाजिक लेखापरीक्षण कार्यक्रममा पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता९दीपक०, प्रतापपुर गाउँपालिकाकी कार्यबाहक अध्यक्ष अञ्जु चौधरी, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, स्वास्थ्य कार्यालयका प्रमुख कृष्णप्रसाद पोखरेल, कृषि ज्ञान केन्द्र परासीका प्रमुख सन्देश धिताल लगायत सेवाग्राही र पत्रकारहरुको समेत सहभागिता रहेको थियो ।

कार्यक्रममा यूनाईटेड मिसन टू नेपालका तेज गैरेले कार्यक्रमका वारेमा जानकारी दिनु भएको थियो भने क्षितिजराज पछाईले यूनाईटेड मिसन टू नेपालको पूर्ण जानकारी दिनेकोसीस गर्नु भएको थियो ।
नेपालका ८ जिल्लाका २२ वटा सांझेदार संस्थाहरुसंग सहकार्य गरेर काम गरेको यूनाईटेड मिसन टू नेपालले २०७६ मंसीरमा नवलपरासी कलस्टर स्थापना गरेर समुदायसंग नजिकहुदै कामगरेको यूनाईटेड मिसन टू नेपालले नवलपरासीमा दुईवटा र रुपन्देहीमा दुईवटा पालिकाहरुमा ७ वठा परियोजनाहरु संचालन गरेको नवलपरासी कलस्टरकी टिम लिडर सबु तामाङ्गले जानकारी गराउनु भएके थियो ।
उहांका अनुसार अहिले नवलपरासी जिल्लाको पाल्हीनन्दन र प्रतापपुर गाउँपालिकामा कार्यक्षेत्र बनाई ईन्द्रेणी सामाजिक विकास मञ्च बर्दघाट र सुनवल सामुदायिक विकास केन्द्र सुनवलको साझेदारीमा परियोजना सञ्चालन गरिरहेको छ । भने गत वर्ष एकिकृत ग्रामीण समुदाय स्वास्थ्य परियोजना, कोभिड १९ आपतकालीन प्रतिकार्य परियोजना, कोभिड १९ समुदाय प्रतिकार्य परियोजना, मानब बेचबिखन विरुद्धको परियोजना, सुशासन परियोजना, लैंगीक समानता परियोजना र प्राण परियोजना सञ्चालन गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.