Jilla Ban Notis

राष्ट्रिय युवासंघ नेपालका अध्यक्षको वडामा अन्यपार्टीको वियाँ पनि नभेटियोस ः पाण्डे

0 23

कृष्ण ढकाल
बर्दघाट,असोज–१६
राष्ट्रिय युवा संघ नेपाल बर्दघाट वडा नं. २ को वडा भेला आज सम्पन्न् भएको छ । भेलालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ नेपालका स्थायि कमीटी सदस्य हरिदेव पाण्डेले अब बर्दघाटको वडा नम्वर २ मा एमालेको लाल किल्ला बनाउने गरी लाग्न युवाहरुलाई निर्देशन गर्नु भएको छ । उहांले राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलको भौगोलिक वडा भएको ठाँउमा एमाले बाहेर अन्यपार्टीको बिया पनि नभेट्ने गरी संगठन निमार्ण गर्न माताहतका युवाहरुलाई निर्देशन गर्नु भएको छ।
युवा नेता पाण्डेले वडा नंम्वर २ मा होल्लर मिलको चामलमा भएका वियाँ जस्तै रहेका अन्यपार्टीका जनताहरु अब आधुनिक जमानाको मेसिनवाट निस्कने चामल जस्ता बनाएर वडा नम्वर २ लाई एमालेको लाल किल्ला बनाउने गरी लाग्न युवाहरुलाई निर्देशन गर्नुभएको थियो ।

त्यसैगरी राष्ट्रिय युवा संघ नेपालका नवलपरासी जिल्ला अध्यक्ष युवराज डुम्रेले संगठन निर्माणमा राष्ट्रिय युवा संघ नेपाल निरन्तर अगाडि बढीरहेको बताउनु भएको थियो । उहांले अहिले
नवलपरासी जिल्लाका सबैजसो पालिकाहरुमा युवा संघको वडा कमीटी गठन गर्ने कार्य अन्तीम चरणमा पुगेको समेत जानकारी गराउनु भएको थियो । बर्दघाट नगरको वडा नं. २ ले वडा कमिटि गठन गर्ने सवालमा आफुलाई नगरको सातौं स्थानमा पार्न सफल भएको समेत जानकारी गराउनु भएको थियो । त्यसैगरी अब युवाहरु आफ्ना वडामा आफ्ना नेताहरुले गरेका विकास निमार्णका कामहरुलाई जनता माझ प्रसार प्रसार गर्न जरुरी रहेको धारणा राख्नु भएको थियो ।

त्यसैगरी अनेरास्ववियुका केन्द्रिय कमिटि सदस्य सुशान्त शर्मा धिमिरेले राजनितिको मुल जग भनेकै युवा र विद्यार्थीहरु भएकाले पार्टीलाई सहित गतिमा अगाडी बढाउन युवा र विद्यार्थीहरुले खवरदारी गरीरहनु पर्ने बताउनु भएको थियो । त्यसैगरी उहांले आफ्नो गाउाटोलमा हुने नेकपा एमाले पार्टीका गतीविधिहरुमा सहभागिता जनाउने,साथ र सहयोग गर्ने देखि युवा तथा विद्यार्थीहरुलाई संगठनमा संगठीत गर्दे पार्टीलाई मज्बुत गर्ने काममा नव गठीत कमिटिका युवाहरु लागनेमा आफु विश्स्त रहेको धारणा राख्नु भएको थियो ।

राष्ट्रिय युवा संघ नेपाल बर्दघाट नगर कमिटिका अध्यक्ष राजेश तिवारीको अध्यक्षता र राष्ट्रिय युवा संघ नेपालका स्थायि कमीटी सदस्य हरिदेव पाण्डेको प्रमुख आतिथ्यतामा भएको युवाहरुको वडा भेलामा युवराज डुम्रे,सुबोध जागृत बुढाथोकी, दया दर्लामी,विश्वबन्धु पोख्रेल,आशा भेजार,शुसान्त घिमिरे,सन्दिप अधिकारी,धन प्रसाद भट्टराई,विक्रम पौडेल लगाएतका युवा नेताहरुको उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन राष्ट्रिय युवा संघ नेपालका जिल्ला कमिटि सदस्य टेक बहादुर बुढाथोकीले गर्नु भएको थियो ।

चिसापानी सामुदायिक वनको कार्यालय परिसरमा भएको राष्ट्रिय युवा संघ नेपाल बर्दघाट वडा नं. २ को वडा भेलाले पुजन शाही ठकुरीको नेतृत्वमा १०१ सदस्यीय वडा कमिटी गठन गरेको छ । नव गठीत वडा कमिटिलाई राष्ट्रिय युवा संघ नेपालका स्थायि कमीटी सदस्य हरिदेव पाण्डेले सफथ ग्रहण गराउनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.