Jilla Ban Notis

नेपाली काँग्रेसको गाउँनगर सभापतिमा क–कस्ले बाजीमार्ला ?

0 15

कृष्ण ढकाल
बर्दघाट,असोज–९
नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि आज गाउँरनगर अधिवेशन शुरु भएको छ । नवलपरासीमा रहेका ७ स्थानिय तहहरुमा नेपाली कांग्रेसको गुटगत राजनिति निक्कै प्रतिस्पद्र्यामा रहेको छ । जिल्लामा प्रतिनिधि सभा सदस्य एंव कांग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल र संविधान सभा सदस्य विक्रम खनालको दुई गुट छ । कँडेल पार्टी सभापति एंव प्रधानमन्त्री शेर बहादुर देउवा गुटका हुन भने खनाल रामचन्द्र पौडेल समुहको शशांक गुटका हुन् ।
अहिले नवलपरासी जिल्लाका दुई पालिकामा सहमति जुटे पनि अन्य पाँचवटा पालिकाहरुका सहमति नजुटेपछि निर्वाचन भैरहेको छ । जस्मा बर्दघाट नगरपालिकामा शम्भुलाल श्रेष्ठ र दामोदर जि.सी. सभापति रहेको प्यानलका विच नगर सभापतिका लागि मदताद भैरहेको छ । भने पल्हिनन्दन गाउ“पालिकामा हरिहर चौहान र गुड्डु गुप्ताका सभापति रहेको प्यानलका विच सभापति पदका लागि निर्वाचन भएको छ ।
त्यसैगरी सरावल गाउ“पालिकामा विनोद पाण्डे र ईन्द्र ब. चौधरी सभापति रहेको प्यानलका विच मतदान भएको छ । सुनवल नगरपालिकामा खेमनारायण पाण्डेय र सोम ब. रायमाझी (पप्पु)
सभापति रहेको प्यानलका विच मतदान भएको छ भने रामग्राम नगरपालिका श्रीधर बस्याल र उमाशंकर श्रीवास्तब प्यानलका विच मतदान भएको छ ।

जिल्लाका ७ स्थानीय तहमा रहेका ७४ वडाको अधिवेशनबाट १३ सय ५० जनाको हाराहारीमा क्षेत्रिय प्रतिनिधिहरु चयन भएर आएका छन् । जिल्लाका ७ स्थानीय तहमा रहेका ७४ वडाको अधिवेशन सकिएको छ । अधिवेशनबाट १३ सय ५० जनाको हाराहारीमा क्षेत्रिय प्रतिनिधिहरु चयन भएर आएको नेपाली कान्ग्रेसले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.