Jilla Ban Notis

बिमला खरेलको अध्यक्षतामा अनेमसंघ सुनवल नगर कमिटी गठन ।

0 75

कृष्ण ढकाल

बर्दघाट,असोज–४

अखिल नेपाल महिला संघको सुनवल नगर भेलाले बिमला खरेलको अध्यक्षतामा ७१ सदस्यीय  अखिल नेपाल महिला संघ सुनवल नगर कमिटी गठन गरेको छ।

अखिल नेपाल महिला संघ जिल्ला कमिटिद्धारा आयोजित नगर÷गाउँ भेला तथा सम्मेलन अभियान कार्यक्रम अन्र्तगत आज सुनवलमा भएको भेलाले खरेलको अध्यक्षतामा नयां कमिती गठन गरेको हो । जस्को उपाध्यक्षमा जानुका भुषाल, सचिवमा लक्ष्मी पाण्डे र कोषाध्यक्षमा नमिता थापा चयन हुनुभएको छ ।

अखिल नेपाल महिला संघ जिल्ला कमिटिअध्यक्ष राधा ढकालको अध्यक्षता र लुम्बिनी प्रदेश सभा सदस्य भगवती भण्डारीको प्रमुख आतिथ्यतामा भएको सुनवल नगर भेलामा अखिल नेपाल महिला संघकी केन्द्रिय सचिवालय सदस्य बिमला अर्याल,केन्द्रिय सदस्य सरीता खनाल , एमालेका जिल्ला उपाध्यक्ष डोलराज भण्डारी,सचिव थान प्रसाद गैरे,सह–सचिव राजन आर्चाय,बर्दघाट नगरपालिकाकी नगर उप प्रमुख माया देवि पौडेल लगाएतको उपस्थिती रहेको थियो ।

नगर भेलामा बोल्ने बक्ताहरुले महिलाहरुको अधिकार नितिगत रुपमा स्थापित गर्न महिला स्वयम आफै निति निमार्णको तहमा र कार्यान्वयन गराउने तहमा पुग्न जरुरी रहेकोमा जोड दिएका थिए ।

उनीहरुले महिलाहरु संगठीत भएर नेकपा एमालेको झन्डामुनी गोलबन्ध हुदै  आफ्नो अधिकार खोजेमा अबश्य पुराहुनेमा आफुहरु विश्वत रहेको उनीहरुको भनाई रहेको थियो ।

नेकपा एमाले पार्टीमा कटीबद्धभएर जिवनभर लागेकै कारण आज महिलाहरु राष्ट्रिपति ,मुख्यमन्त्री तथा प्रदेश प्रमुख जस्तो गरीमामय पदमा पुग्न सफल भएको भन्दै सुनवल नगरका महिलाहरुपनि अखिल नेपाल महिला संघमा कटिबद्ध भएर लाग्न र त्यस प्रकारको सफलता हात पान कम्मर कसेर लाग्नु पर्ने बेला आएको धारणा राखेका थिए ।

Leave A Reply

Your email address will not be published.