Jilla Ban Notis

बढई सामाज पश्चिम नवलपरासीद्धारा बिश्वकर्मा बाबाको मूर्ति प्रतिस्थापन ।

0 67

गौरीशंकर जयसवाल
परासी १ असोज
बढई सामाज पश्चिम नवलपरासीले जिल्लामा सबैभन्दा ठुलो बिश्वकर्मा बाबा मन्दिर निमार्ण गरि मूर्ति प्रतिस्थापन गरिएको छ । बढई सामाज पश्चिम नवलपरासीको अगुवाईमा नवलपरासी जिल्लाको रामग्राम नगरपालिका वडा नम्वर ४ ,बैरिहवामा बिश्वकर्मा बाबाको मूर्ति प्रतिस्थापन गरिएको छ ।
बडई समाजले जिल्लाकै सबै भन्दा ठूलो बिश्वकर्मा बाबा मन्दिर र त्यसमा प्रस्थिापन गरीएको मूर्ति पनि सबैभन्दा ठूलो रहेको दावि गरेको छ । रामग्राम नगरपालिकाको १० लाख र स्थानियवासीहरुसंग चन्दा संकलन गरी १० लाख गरि कुल २० लाखको लगतमा उक्त बिश्वकर्मा बाबा मन्दिर निमार्ण गरि मूर्ति प्रतिस्थापन गरिएको बढई सामाजका पुर्व केन्द्रीय सल्लाहकार संजय कुमार शर्माले जानकारी दिनु भएको छ ।
बढईहरूको आस्थाको केन्द्रका रूपपमा रहने बिश्वकर्मा बाबाको मन्दिर परिस अहिले ३ कठ्ठा क्षेत्रफलमा फैलिएको छ ।

नवनिर्मित बिश्वकर्मा बाबा मन्दिर को आज रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले एक कार्यक्रमका विच समुद्घाटन गर्नु भएको थियो । सो अवसरमा बोल्दै नगर प्रमुख गुप्ताले रामग्राम नगरक्षेत्रको धार्मिक तथा पर्यटन र संस्कृति संरक्षण तथा बिकास निर्माणमा नव निर्मित बिश्वकर्मा बाबाको मन्दिरले थप ईट्टा थप्ने बताउनु भएको थियो । त्यसैगरी उहांले आफुनगरपालिकाको तर्फवाट गर्न सक्ने सहयोग गर्नमा तत्पर रहेको समेत बताउनु भयो। उहांले मन्दिर निर्माण गरेमात्र जिम्मेवारी पूरा नहुने भन्दै त्यसको संरक्षण र प्रबर्द्धनमा समेत उत्तिकै जिम्मेवार साथ लाग्न जरुरी रहेको बताउनु भयो ।

बढई समाज नवलपरासीका जिल्ला अध्यक्ष जगदिश प्रसाद शर्माको अध्यक्षयतामा भएको उद्घाटन कार्यक्रममा पूर्व रक्षाराज्मन्त्री रामबब्चन यादव,पूर्व शिक्षा राज्यमन्त्री गोबिन्द चौधरी,वडा न ४ का वडाअध्यक्ष मदन याद नेपाल पत्रकार महासंघको अध्यक्ष हरि शर्मा ,बढई सामाजका पुर्व केन्द्रीय सल्लाहकार संजय कुमार शर्मा लगायतले बाबा बिश्वकर्माको सन्देशको बारेमा चर्चा गरेका थिए ।

Leave A Reply

Your email address will not be published.