sunwal

पत्रकार महासंघ नवलपरासीद्वारा सदस्यहरुको दुर्घटना बिमा

114

भदौ –२९
नेपाल पत्रकार महासंघ नवलपरासीले शाखामा आबद्व सदस्यहरूलाई पत्रकारहरुको दुर्घटना बिमा गरेको छ । महासंघले शाखा आवद्ध ९० जना सदस्यहरुको दुर्घटना बिमा गरेको हो ।

सामुहिक दुर्घटना बिमालेख योजना अनुसार महासंघ नवलपरासीमा आवद्ध ९० जना सदस्यहरुको एक लाख रुपैंया बराबरको दुर्घटना बिमा गरिएको पत्रकार महासङ्गका अध्यक्ष हरि शर्माले जानकारी दिनुभएको छ ।

समाचार संकलनमा अहोरात्र खटिने पत्रकारहरु दुर्घटनाको उच्च जोखिममा हुने भएकाले एक वर्षको जोखिम बहन गर्ने गरी जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको भुमही शाखा मार्फत बिमा गरिएको नेपाल पत्रकार महासंघका अध्यक्ष हरि शर्माले जानकारी दिनुभएको छ ।