Jilla Ban Notis

सरावलका बाढी प्रभावित १ सय २६ जनालाई राहत वितरण

0 33

सरावल ,भदौ –२८

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ७ गणेशपुरमा बाढी प्रभावित घर परिवारलाई राहत बितरण गरिएको छ । अमेरिकामा बसोबास गरिरहेका नेपालीहरुको आर्थिक सहयोगद्वारा सरु शर्माको नेतृत्वमा पठाइएको रकमबाट सरावल ७ गणेशपुरका बाढी प्रभावित बिपन्न १ सय २६ जना घर परिवारलाई राहत प्रदान गरिएको हो ।

परासी घर भई अमेरिका बस्दै आउनुभएकी सरु शर्माको पहलमा ४१ जनाबाट जम्मा भएको रकमबाट बाढी प्रभावित परिवारलाई २५ किलो चामल ,५ किलो आलु,१ किलो पियाज ,१ प्याकेट रिफाइन र १ प्याकेट आयोडिन नुन लगाएतको दैनिक उपभोग्य सामाग्रीहरु प्रती घर परिवारलाई राहत बितरण गरीएको बितरण संयोजक तथा समाजसेवी मोहन प्रसाद शर्माले जानकारी दिनुभएको छ।
सरावलको गणेशपुरका बाढी प्रभावित परिवारलाई उक्त राहत वितरण गरिएको शर्माले जानकारी दिनुभएको छ।

त्यस्तै ले अन्य टोलमा पालिका र संघ संस्थाको समन्वयमा वितरण तयारी गरिरहेको बताउदै कसैलाई पनि प्राकृतिक बिपत्तिको सामना गर्न नपरोस् भन्दै विपदको समयमा अमेरिकामा बसोबास गरिरहेका नेपालीहरुले गरेको मानविय कामको प्रशंसा समेत गर्नुभएको हो।

राहत वितरण कार्यक्रममा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरी, सरावल गाउंपालिका वडा नम्बर ३ वडा अध्यक्ष अणेन्द्र नाथ राय,कार्यपालिका सदस्य चन्दा चौधरी ,जन्ती सहानि,लगाएतको उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.