Jilla Ban Notis

बाढिपिडितहरुलाई आर्थिक सहयोग हस्तान्तरण ।

0 24

गौरीशंकर जयसवाल
परासी २८ भदौ
पश्चिम नवलपरासीका अति प्रभावित बाढिपिडितहरुलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । कन्सुलट एकार्डस्र एग्रिकल्चर ईन्डष्ट्रिज नवलपरासीको पहलमा जिल्लाका तीन वटा स्थानिय तहका अति प्रभावित बाढिपिडितहरुलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।
बैदेशिक रोजगारीको क्रममा कतारमा रहेका कार्डस्र एग्रिकल्चर ईनडष्ट्रिज का अध्यक्ष मोहन कार्की ,ईन्डष्ट्रिजका महासचिव एवं कतार नवलपरासी सेवा समाजका अध्यक्ष सजन लौडारी र नेप्लीज ब्रदर्स रुम ९ल्द्यच्० को संयुक्त पहलमा संकलन गरेर पठाएको रकम हस्तान्तरण गरिएको कार्डस्र एग्रिकल्चर ईनडष्ट्रिजका सल्लाहकार रामजी लौडारीले बताउनु भएको छ ।
सुनवल नगरपालिका ,रामग्राम नगरपालिका,र बर्दघाट नगरपालिकामा विभिन्न वडामा अति प्रभावित बाढिपिडितहरुलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको सस्थाका व्यवस्थापक प्रतिमा कार्किले जानकारी दिनु भएको छ ।
कार्डस्र एग्रिकल्चर ईनडष्ट्रिजका सल्लाहकार रामजी लौडारीको संयोजकत्वमा बर्दघाट नगरपालिका वार्ड नंं १४ का ४ घर परिवार ,रामग्राम वडानं। ६ का १९ घर परिवार र सुनवल न।पा वडा नंं ४,१० र १२ का १५ घर परिवारलाई केनिगद सहयोग गरिएकाकार्कीले बताएकी छन्।

Leave A Reply

Your email address will not be published.