Jilla Ban Notis

बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाद्धारा जनचेतना अभिबृद्धि कार्यक्रम सम्पन्न ।

0 17

कृष्ण ढकाल
बर्दघाट,भदौ –२८
बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अन्तर्गतको खानेपानी सुरक्षा योजना समितिले आफ्नो सेवाक्षेत्रका उपभोक्ताहरुलाई खानेपानी र सरसफाईका वारेमा जनचेतना अभिबृद्धि गर्ने कार्यलाई निरन्तरता दिईरहेको छ ।
सोहीक्रममा आज बर्दघाट वडा नं ४ को नवदुर्गा मन्दिर टोलका स्थानियवासीहरुलाई कोभिड १९ का वारेमा सचेतना प्रदान गर्नुका साथै खानेपानी र सरसफाईका वारेमा समेत जानकारी प्रदान गर्ने र टोल विकास समितिलाई सरसफाई सामाग्री बितरण गर्ने कार्य सम्पन्न् गरेको छ ।
बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले टोल विकास समितिहरुलाई स्वास्थ्य सामाग्री अन्तर्गत साबुन, कुचो, बेल्चा, कोदालो, र फोहर उठाउने ठेला लगायत जनचेतनामुलक बोर्ड हस्तान्तरण गर्दै आएको छ ।

संस्थाका उपाध्यक्ष तथा खानेपानी सुरक्षा योजना समितिका संयोजक दिपक लम्सालको अध्यक्षता र बर्दघाट नगरपालिका वडा नं।४ का वडासदस्य बिष्णु प्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न् भएको थियो ।
जनचेतना अभिबृद्धि कार्यक्रममा संस्थाद्धारा संचालीत सुरक्षा समितिका सदस्य एवं स्वास्थ्यकर्मी कृष्ण हरि पौडेल र शिक्षक बावुराम घिमिरेले खानेपानी र सरसफाईका वारेमा सहजिकरण गर्नु भएको थियो ।

बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा वर्तमान कार्यसमिति आएसंगै अहिले सम्म ९स्थानमा यस पकारका सचेतनामुलक कार्यक्रम सम्पन्न् गरीएको संस्थाका उपाध्यक्ष तथा खानेपानी सुरक्षा योजना समितिका संयोजक दिपक लम्सालले गाउंले दर्पण अनलाईनलाई जानकारी दिनु भएको छ ।

आज बर्दघाट वडा नं ४ को नवदुर्गा मन्दिर टोलमा भएको जनचेतना अभिबृद्धि कार्यक्रममा संस्थाका अध्यक्ष धातानन्द बस्याल ,नव दुर्गा मन्दिर टोल विकास सस्थाका अध्यक्ष दुर्गा बहादुर कुवँर लगाएतको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक बिष्णु कुमार भुषालले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.