Jilla Ban Notis

नवलपरासीमा २ वटा गाडी सिहत ३७ लाख ३० हजार बराबरको हरियो मटर बरामद

0 17

बर्दघाट,भदौं–२८
नवलपरासीमा २ वटा गाडी सिहत ३७ लाख ३० हजार बराबरको हरियो मटर बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक राजु लामाले दिएको जानकारी अनुसार सुनवल–१२ भुमहिवाट २१ टन हरियो मटर सहित एक ट्रक र १ पिकप प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भुमहीबाट ८ सय ४० बोरामा अन्दाजी २१ टन हरियो मटरसहित ना ६ ख ५२०१ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको जनाएको छ । बरामद मटरको अन्दाजी मुल्य १८ लाख ९० हजार र ट्रकको अन्दाजी मुल्य १० लाख गरि २८ लाख ९० हजारको रहेको पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी गराउनु भएके छ ।

उता ईलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको टोलीले सुस्ता गाउँपालिका–३ फेचुवा पुलबाट लु १ च ७६०८ नम्बरको पिकअप गाडिसहित एक सय २० बोरा अर्थात अन्दाजी ३० क्विन्टल हरियो मटर बरामत गरेको जनाएको छ । सुस्तावाट बरामत गरीएको मटरको अन्दाजी मुल्य २ लाख ४० हजार र पिकअप गाडिको अन्दाजी मुल्य ८ लाख ४० हजार बराबर रहेको बताईएको छ । नियन्त्रणमा लिइएको मटर, सवारी र चालकहरुलाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइएको पश्चिम नवलपरासी प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.