Jilla Ban Notis

बर्दघाट–२,चिसापानी ब्लक नं १ मा तिज विषेश कार्यक्रम सम्पन्न् ।

0 124

माधब प्रसाद घिमिरे
बर्दघाट,भदौं,२७
बर्दघाट–२,चिसापानी ब्लक नं १ मा रहेको मिर्मिरे युवा समूहले शनिवार तिजको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न् गरेको छ । स्थानिय मिलिजुली टोलबिकास संस्था र संगिनि आमासमुहको समेत संयुक्त आयोजना हरेको उक्त तिज विषेश कार्यक्रममा स्थानिय आमा समुहहरुले तिजका गितहरु गाएर मनोरञ्जन प्रदान गरेका थिए ।

कार्यक्रमको समुद्घाटनका क्रममा बोल्दै बर्दघाट नगर प्रमुख धिरज शर्माले महिलाहरुको महान चाड हरितालीका अर्थात जित पर्व गएका वर्षहरुका अलि उछिङ्गखल पाराले मनाउने र गितहरु बजारमा आउने गरेका भएपनि यस वर्ष अलि सभ्य भएको बताउनु भएको थियो ।
आफ्नो कला र संस्कृतिको संरक्षण गर्नु सबैको दायित्व रहेकाले सबै मिलेर सभ्य र भब्यरुपमा मनाउन आग्रह गर्नु भएको थियो ।
फरक प्रसंगमा नगर प्रमुख बस्यालले चिसापानीको जग्गाको विषयमा बेला–बेलामा चर्चा हुनेगरेको बताउदै त्यसको संरक्षणमा आफु हरपल लागि रहेको बताउनु भएको थियो ।

मिर्मिरे युवा समूहका अध्यक्ष दुर्गा बलामीको अध्यक्षता र बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बर्दघाट नगरपालिका वडा नं. २का वडाध्यक्ष दया दर्लामि,वडा सदस्य दधिकला पौडेल,अनु सार्की,दिब्य ज्योती माबीका संचालक समितिका अध्यक्ष सुबोध जागेत बुढाथोकी, सामुदायिक वन महासंघ नवलपरासीका अध्यक्ष कमल परियार,चिसापानी सामुदायिक वनका सचिव अनिल गुरुङ्ग,चिसापानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सचिव कमल बस्याल ,टेक्टर ब्यवसायि संघका धनिराम चौधरी,लगाएतको उपस्थिती रहेको थियो ।

मिन क्षेत्रीको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रमको संचालन रेल बहादुर बुढा ( श्याम ) ले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.