sunwal

गोपिगञ्जमा एम.सी.सी.बिरुद्ध मसाल जुलुस

59

गोपिगन्ज,२५ भाद्र
नेकपा क्रान्तिकारी माओवादी र देशभक्त जनगणतन्त्रिक मोर्चा पश्चिम नवलपरासीले एम।सी।सी परियोजना विरुद्ध प्रतापपुर गाउपालिकाको गोपिगन्ज बजारमा मसाल जुलुस सहित प्रदर्शन गरेको छ । बुद्धबस्ती चोकबाट छापामार शैलीमा निस्किएका क्रान्तिकारी माओवादी र मोर्चाका नेता कार्यकर्ताले गोपिगन्ज बजारको नहर चोकमा कोण सभा गरेका थिए ।

ूएमसिसि खारेज गर १ वैदेशिक हस्ताक्षेप बन्द गर ११  लगायतका नाराबाजी गर्दै निकालिएको राके जुलुस पछिको कोणसभामा बोल्ने बक्ताहरुले एमसिसि रास्ट्र बिरोधी रहेको बताएका थिए । कार्यक्रममा क्रान्तिकारी माओवादीका प्रदेश सदस्य क्षेत्र बहादुर थापा क्षेत्रीले वैदेशिक हस्तक्षेपको बिरुद्ध देशभक्तहरु एकजुट हुनुपर्ने बताउनुभयो ।
कार्यक्रम क्रान्तिकारी माओवादी जिल्ला सचिवालय सदस्य बोल्गा नेपालको संचालनमा भएको थियो । क्रान्तिकारी माओवादीले एम सि सिको विरुद्ध चरण बद्द आन्दोलन गर्ने जनाएको छ ।