Jilla Ban Notis

प्रबिधि युक्त शिक्षा अहिलेको आवश्यकता ः नगरप्रमुख गुप्ता

0 53

गौरीशकर जयसवाल
परासी २३ भदौ
५५औ अन्तर्राष्ट्रिय साक्षरता दिवस २०७८ को अवसरमा रामग्राम नगरपालिकाले निबन्ध तथा वक्तित्वकला प्रतियोगिता सम्पन्न् गरेको छ । प्रतियोगितामा प्रथम द्धितिय र तृतीय हुनेलाई पुरस्कार वितरण गर्दे नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले अहिलेको समयमा प्रबिधि युक्त शिक्षा नै अपिहार्य रहेकोमा जोड दिनु भएको थियो । उहांले प्रबिधि ज्ञान सहित बैज्ञानीक शिक्षा आवश्यकता रहेको बताउदै प्रबिधि मैत्रि शिक्षा लिनुपर्ने आजको आवश्यकता भएको बताउनु भएको थियो । अझै पनि बालबालिकाहरू बिधालयको पहुँचबाट टाढा रहेका भन्दै ती बालबालिकाहरूलाई बिधालयको पहुँचमा ल्याउन नगरपालिकाले अभियान चलाएर बिधालयको पहुँचमा ल्याउन काम गरिरहेको बताउनु भएको छ ।

रामग्राम नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले आयोजना गरेको निबन्ध तथा वकतृत्वकला प्रतियोगितामा प्रथम द्वितृया र तृतीय बिजेतालाई नगद सहित प्रमाण पत्र बितरण गरिएको नगरशिक्षा अधिकारी रूद्र रेग्मीले जानकारी दिनुभएको छ । सिपमुलक र प्रबिधिमुलक युक्त साक्षरता कक्षा संचालन गर्नुपर्ने रेग्मीले बताताउनु भएको छ ।

प्रतियोगितामा निबन्धतर्फ उत्तम बालहित मावि उजैनिका लक्ष्मी हरिजन प्रथम हुनेलाई तीन हजार प्रमाणपत्र,द्वितीय हिलोरियम चिल्ड्रेन एकेडेमी धर्म राज चौधरीलाई दुई हजार प्रमाणपत्र ,र तृतीय लिटिल एन्जल्स परासीका सयोड्गका खडकालाई एकहजार प्रमाणपत्र पुस्कार बितरण गरिएको रामग्राम नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका शाखा अधिकृत सुन्दर खनालले जानकारी दिनु भएके छ ।
त्यस्तै वकतृत्वकला प्रतियोगितामा उत्तम बालहित मावि उजैनिका महिमा बेल्दार प्रथम हुनेलाई तीन हजार ,प्रमाणपत्र जनता मावि देवगाउका रकिबुन अन्सारी द्वितीयलाई दुई हजार,प्रमाणपत्र तृतीय अर्दश माबि परासीका प्रिति बानियाँ एक हजार प्रमाणपत्र र तृतीय लिटिल एन्जल्स परासीका सृष्टि पौडेललाई एक हजार प्रमाणपत्र बितरण गरिएको छ ।

सामुदायिक बिधालयको तर्फबाट निबन्धमा ९ जना बिधर्थी,र संस्थागत बिधालयको तर्फबाट निबन्धमा ३ जना सहभागी थिए भने वकतृत्वकला प्रतियोगितामा ११ जना बिद्यालयको सहभागिता रहेको जसमध्ये संस्थागत बिद्यालयबाट ३ जना बिधर्थी र सामुदायिक तर्फबाट ८ जना बिधर्थीको सहभगिता रहेको थियो ।

साक्षरता दिवसको अवसरमा रामग्राम नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाबाट हुने गतिविधिबारे शैक्षिक बुलेटिन पनि बिमोजन गरिएको थियो ।बुलेटिनमा विभिन्न शैक्षिक गतिविधि र बजेटको बिषयमा समाबेश गरिएको छ ।

Leave A Reply

Your email address will not be published.