Bardaghat Na pa

ज्यान गुमाउने तथा बेपत्ता हुनेको परिवारलाई नगद रकम हस्तान्तरण

58

गाैरीशंकर जयसवाल
परासी २० भदाै
पश्चिम नवलपरासीमा बाढिमा परि ज्यान गुमाउने तथा बेपत्ता हुनेको परिवारलाई नगद रकम हस्तान्तरण गरिएकाे छ । अमेरिकमा रहेका नेपालिहरूकाे सस्था देउराली फाउन्डेसनले रकम सकलन गरी नवलपरासीका बाढिमा परि ज्यान गुमाउने तथा बेपत्ता परिवारलाई नगद रकम हस्तान्तरण गरेकाे हाे ।
देउराली फाउन्डेसनले नेपाल पत्रकार महासंघ जिल्ला शाखा पश्चिम नवलपरासीकाे समन्वयमा बाढिमा परि ज्यान गुमाउने तथा बेपत्ता परिवारलाई घरमै नगद रकम हस्तान्तरण गरिएकाे शाखा अध्यक्ष हरि शर्माले जानकारी दिए ।
यही भदाै ११ गते आएकाे बाढिले नवलपरासी पश्चिममा बाढिमा३ जान ज्यान गुमाएकाे र बाढिले बगाउँदा एक जान बेपत्ता भएकाे परिवारलाई नगद रकम हस्तान्तरण गरिएकाे अध्यक्ष शर्माले बताए ।
अमेरिक रहेकी नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीकी सदस्य सरू शर्माकाे पहलमा देउराली फाउन्डेसनले ४४हजार रकम संकलन गरि पठाएको र नेपाल पत्रकार महासंघकाे समन्वयमा ज्यान गुमाउने तथा बेपत्ता परिवारलाई प्रति परिवारलाई ११ हजार दरले नगद रकम हस्तान्तरण गरिएकाे शाखा सचिव राजकुमार रेश्मीले जानकारी दिए ।
बाढिले रामग्राम नगरपालिकाकाे वडान १८ पम्पपुरका बाबू बिनाेद पासी र छाेरा प्रदिप पासीलाई बाढिले बगाएकाे उनिहरूकाे परिवारलाई ११ / ११ हजार नगद ,तृरिया खाेलामा आएकाे बाढिले बगाउँदा सुनवल नगरपालिकाकाे वडान ४का एलिसा तमाङकाे बुवालाई ११ हजार नगद र सुनवल नगरपालिकाकाे वडान २ बतत्राेलि बभन थारूले झरहि खाेलामा दाउरा निकाल्दा जाँदा खाेलामा आएकाे बाढिले बगाउँदा बेपत्ता भएकाे उनकाे परिवारलाई ११हजार नगद रकम हस्तान्तरण गरिएकाे महासंघले जनाएकाे छ ।
जिल्लामा बाढिले बगाउँदा ३ जान ज्यान गुमाएका छन भने एक बेपत्ता भएका छन ।बेपत्ता भएकाे अझै शव फेला परेकाे छैन उनकाे खाेजि कार्य भैरहेकाे छ ।