Jilla Ban Notis

प्रथम समीर क्षेत्री स्मृति कप खुल्ला फुटसल प्रतियोगिता सम्पन्न ।

सनराईज फुटबल क्लब भुमहि प्रथम

0 41

गौरीशंकर जयसवाल
परासी १९ भदौ
राष्ट्रिय युवा संघ नेपाल वडा कमिटि सुनवल न १३ पश्चिम नवलपरासीको आयोजनामा प्रथम समीर क्षेत्री स्मृति कप खुल्ला फुटसल प्रतियोगिता सम्पन्न भएको छ । रामनगर एकेडेमिकको खेलमैदानमा भएको प्रथम समीर क्षेत्री स्मृति कप खुल्ला फुटसल प्रतियोगितामा सनराईज फुटबल क्लब भुमहि प्रथम भएको छ ।
खेलमा सनराईज फुटबल क्लब भुमहि र राष्ट्रिय युवा सघ नेपाल सुनवल १३ वडा कमिटी बिच कडा प्रतिस्पर्धा भएको थियो ।सनराईज फुटबल क्लब भुमहि ३ गोल र राष्ट्रिय युवा सघ नेपाल सुनवल १३ वडा कमिटीले २ गोल हार्नेको थियो ।
सम्पन्न खेलमा सनराईज फुटबल क्लब भुमहि ३गोल गरेर प्रथम भएको छ भने राष्ट्रिय युवा सघ नेपाल सुनवल १३ वडा कमिटीले २ गोल गरेर द्वितिय भएको हो ।
प्रथम हुनेलाई २० हजार शिल्ड मेडल प्रमाणपत्र ,र द्वितीय हुनेलाई १० हजार पुस्कार शिल्ड मेडल प्रमाणपत्र प्रदान गरिएको राष्ट्रिय युवा सघ नेपाल जिल्ला कमिटि पश्चिम नवलपरासीका कार्यालय सदस्य बिमल बगालेले जानकारी दिनु भएके छ ।
प्रतियोगितामा १६ टिमको सहभागिता रहेको राष्ट्रिय युवा संघ नेपाल वडा न।१३ कमिटि सुनवलका वडा सचिव सुशील उपाध्यक्षले बतानुभयो ।
राष्ट्रिय युवा संघ नेपाल वडा कमिटि सुनवल न।१३ पश्चिम नवलपरासीका अध्यक्ष बिक्रम रामदामको अध्यक्षता मा भएको पुरस्कार वितरण कार्यक्रममा सुनवल नगरपालिकाका उपप्रमुख दधिराम अर्यालको प्रमुख आतिथ्यता र एन्फाका सहसचिव प्रकाश पगेनिको विषेश आतिथ्यता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.