Bardaghat Na pa

मेचीमहाकाली संयुक्त बुहारी आवाजद्धारा स्वास्थ्य सामाग्री तथा राहत वितरण

50

कृष्ण ढकाल
बर्दघाट,भदौं–१७
मेचीमहाकाली संयुक्त बुहारी आवाज नवलपरासीले बुधवार बर्दघाट नगरपालिका वर्डा नम्बर १४ मा बढीको प्रकोपमा परेका किशोरी तथा सुत्केरी महिलाहरुलाई स्वास्थ्य सामाग्री तथा राहत वितरण गरेको छ ।
बर्दघाट १४ को शुक्रवस्तीको सुनटांडीका ४ किशोरीहरुलाई स्वास्थ्य किट र अन्यलाई दाल चामाल लगाएतका राहत सामाग्री वितरण गरेको मेचीमहाकाली संयुक्त बुहारी आवाज नवलपरासीकी जिल्ला अध्यक्ष लक्ष्मी खरेलले जानकारी गराउनु भएके छ ।
जिल्ला अध्यक्ष खरेलको नेतृत्वमा गएको टोलीले १३ घरपरिवारका सदस्यहरुलाई खाद्यन र झुल वितरण गरेको थियो । त्यसैगरी किशोरी तथा सुत्केरी महिलाहरुलाई स्वास्थ्य सामाग्री समेत वितरण गरेको जिल्ला अध्यक्ष खरेलले जानकारी गराउनु भएको छ ।