Jilla Ban Notis

प्रतापपुर गाउँपालिका–२को कालिटोलमा बाढी बस्यो,स्थानिय ९० घरधुरीलाई विद्यालय भवनमा सारीयो ।

0 76

कृष्ण ढकाल
बर्दघाट,भदौं–११
लगातार रुपमा परेको अभिरल बर्षाका कारण नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्वर २ को कालिटोलमा बाढी पसेको छ । कालिटोलमा बाढी पसेपनि त्यहांका स्थानिय ९० घरधुरीलाई अन्यत्र स्थानास्तरण गरीएको गाउपालिकाकी कार्यवहाक अध्यक्ष अञ्जु चौधरीले बताउनु भएको छ ।
उहांका अनुसार निम्न आएस्रोत भएका मानिसहरुको बसोवार रहेको कालीटोलमा मानिसहरुलाई आज विहानै छिमेकी पालिका बर्दघाट नगरपालिकाको पवित्र आधार भुत विद्यालयको भवनमा लगेर राखिएको अध्यक्ष अञ्जु चौधरीले बताउनु भएको छ ।
अहिले ति सबै ९० घरका परिवारहरुलाई तत्काल चिउरा चाउचाउ लगाएका खाद्यय सामाग्रीहरु दिएर विद्यालय भवनमा सारिएको गाउँपालिका अध्यक्ष चौधरीले गाउँले दर्पण अनलाईनलाई जानकारी दिनुभएको छ ।
त्यसैगरी प्रतापपुर वडा नम्वर ४मा पनि खजुरी खोलाको बाढी पसेर क्षेत्री पुरायको बताईएको छ ।

Leave A Reply

Your email address will not be published.