श्याम थापा
सुस्ता ३० साउन
बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकाबाट शुक्रबार बेपत्ता भएका तिन वटै किशोरीहरु आज शनिवार पश्चिम नवलपरासीको बर्दघाटमा भेटिएका छन । नेपालगन्ज देखी काठमाण्डौ जाने क्रममा ना ६ ख ८४४२ नम्बरको बसमा सवार ठाकुरबाबा नगरपालिका ९ का तीन किशोरीहरु सावित्री बराइली, यमुना परियार र अनिता पुन मगर बर्दघाटमा भेटिएको हो । ती किशोरीहरुलाई बसका चालक कैलाशराम सुनारले चिनेपछी ईलाका प्रहरी कार्यालय बर्दघाटमा बुझाएका थिए ।
शुक्रवार देखी बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका ९ बाट हराएका किशोरीहरुको खोजी कार्य गरिदिनका लागी उनीहरुका परिवारले अस्थायी प्रहरी पोष्ट ठाकुरद्वारमा निवेदन दिएका थिए ।
ति किशोरीहरुलाई प्रहरीले खोजी गरिरहेको अवस्थामा शनिबार बर्दघाटमा फेला पारिएको र ती किशोरीहरुसंग प्रहरीले सोधपुछ गर्दा आफ्नो खुशीले घरबाट काठमान्डौ जान लागेको बुझ्नमा आएको छ ।
ती किशोरीहरुको परिवार पनि सम्पर्कमा आइसकेकाले निजको परिवार आएपछी ती किशोरीहरुलाई बुझाइने जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजु लामाले बताएका छन् ।