sunwal

होमकोचिङ्गका लागी १२ वटा त्रिपाल सहयोग

100

महेश यादव
सुस्ता ,श्रावण २१

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर (५ द्बारा त्रिपाल सहयोग गरिएको छ । वडा नम्बर ५ को वडा कार्यलयको सहयोगमा १२ वटा समुहलाई १२ वटा त्रिपाल सहयोग गरिएको हो ।

संवाद किशोर किशोरी संजालले कोरोना महामारीको विषम परिस्थितिमा बालबालिकाको पढाइलाई निरन्तरता दिनका लागि होमकोचिङ्गमा बस्नन १२ वटा समुहलाई १२ वटा त्रिपाल वडा कार्यलयले सहयोग गरेको सञ्जालकि अध्यक्ष रिमा कुमारी कोहारले बताउनुभएको छ।

त्रिपाल समुहलाई हस्तान्तरण कार्यक्रममा वडा नम्बर (५ का वडा अध्यक्ष प्रभुनाथ यादव,वडा नम्बर (५ का वडा सचिव करन बहादुर दर्लामि , एविसि नेपालका सुपरभाइजर संजित शर्मा , भोलेन्टियर विना गाहा मगर लगाएतको उपस्थितिमा त्रिपाल हस्तान्तरण गरिएको थियोे ।