Jilla Ban Notis

स्रोत नखुल्लेको ३३ लाख रुपैयासहित दुईजनालाई पक्राउ

0 17

गौरीशंकर जयसवाल

परासी १८ साउन
पश्चिम नवलपरासी प्रहरीले स्रोत नखुल्लेको रकमसहित दुईजना व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले भारतको ठूठिबारीबाट मोटरसाईकलमा ल्याउदै गरेको अवस्थामा जिल्लाको बर्दघाट नगरपालिकाको वडान १२ भटौलियस्थित नारायणी चोकबाट स्रोत नखुल्लेको रकमसहित दुईजना व्यक्तिलाई पक्राउ गरेको हो ।
उनीहरु भारतको ठूठीबारीस्थित जयसवाल बस्त्रालयमा ती दुबै व्यक्ति कामदारको रुपमा कार्यरत रहेको प्रहरी जनाएको छ । प्रहरीको अनुसार पक्राउ पर्नेमा एक जना नेपाली नागरिक र एक जना भारतिय नागरिक रहेका छन ।
उनीहरुले लु १६ प ३७२९ नम्बरको मोटरसाईकलमा भारतबाट नेपाल ल्याउदै गरेको र प्रहरीले बर्दघाट नगरपालिकाको वडान १२ भटौलियस्थित नारायणी चोकमा चेकजाँचको क्रममा स्रोत नखुल्लेको रकमसहित दुबै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक एव सुचना अधिकारी राजुलामाले जानकारी दिए ।

उनको अनुसार पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिकाको वडानं २ बस्ने ३५ बर्षिय नेपाली नागरिक योगेन्द्र यादव र भारतको जिल्ला महाराजगन्ञ ठूठीबारीको मर्चहवा बस्ने भारतीय नागरिक समिर खानलाई पक्राउ गरिएको लामाले बताए ।
उनीहरु साथबाटस्रोत नखुल्लेको रु १८ लाख पचास हजार नेपाली रुपैया र रु९ लाख भारतीय रुपैयाँ गरी कुल नेपाली रकम ३३ लाख रुपैयाँ पक्राउ गरिएको प्रहरीले जनाएको छ । डिएसपी लामाको अनुसार कुनै पनि व्यक्तिले स्रोत नखुल्लेको यती ठूलो रकम लिएर हिडन नपाउने यसको अनुसान्धान गर्ने र उक्त रकम आवश्यक कर्वार्हीको लागि राजश्व अनुसान्धन कार्यालय बुटवाल पठाईएको जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.