Jilla Ban Notis

लुम्बिनी प्रदेश सरकारद्धारा पत्रकारहरु सम्मानीत

0 63

बुटवल,असार–२५
लुम्बिनी प्रदेश सरकारले अग्रज पत्रकार सम्मान–२०७७ बाट दाङका शुशिल गौतमलाई सम्मानित गरेको छ । त्यसैगरी, श्रृजनशिल पत्रकारिता सम्मानबाट रुपन्देहीका हिक्मत चौधरी मरणोपरान्त, बाँके कि अक्षरी पोखरेल र गुल्मीका जर्नादन घिमिरे सम्मानित हुनुभएको छ । पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान गर्नुभएका सम्मानित चारै जनालाई हार्दिक बधाई ।
आज यहाँ आयोजित कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री एंव प्रवक्ता बैजनाथ चौधरीले प्रशंसापत्र र नगद राशी सहित दोसल्ला ओढाएर सम्मानित गर्नुभयो । अग्रज पत्रकारिता सम्मानको राशी १ लाख रुपैयाँ र श्रृजनशिल पत्रकार सम्मानको राशी ५० हजार रहेको छ । सम्मानित पत्रकार छनौटका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पत्रकार डिआर घिमिरे संयोजक, केपी घिमिरे र विमला चौधरी सदस्य रहेको तीन सदस्यीय मुल्याङकन समिति गठन गरेको थियो ।
प्रमुख अतिथि आर्थिक मामिला तथा योजना मन्त्री चौधरीले पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान गर्नुभएका महानुभावको सम्मानको थालनीले सिंगो पत्रकारिता क्षेत्रको गरिमा र महत्व उजागार हुने बताउनुभयो । आन्तरिक मामिला तथा कानुनमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार सञ्चार क्षेत्रसंग सहकार्य गरेर अघि बढ्नका लागि प्रयाप्त बजेट विनियोजन गरेको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.