Jilla Ban Notis

नेपाल शिक्षक महासंघले गर्यो ७ घण्टे रिले अनसन ।

0 36

कृष्ण ढकाल
बर्दघाट, साउन १५
नेपाल शिक्षक महासंघ बर्दघाट नगर कमीटीले आज रिले अनसन कार्यक्रम सम्पन्न् गरेको छ । विहान ८ बजे देखि दिउसो ३ बजे सम्म बर्दघाट नगरपालिकाको शिक्षा तथा खेलकुद् शाखाको मुलगेटमा रिले अन्सन बसेका थिए ।

नेपाल शिक्षक महासंघले चौथो चरणको आन्दोलनको कार्यक्रम अन्तरगत आज देशभर रिले अनसन कार्यक्रम गरेको थियो । हरेक स्थानीय तह, जिल्ला शिक्षा तथा समन्वय इकाई, प्रदेशको शिक्षा तथा सामाजिक विकास मन्त्रालय र केन्द्रमा माइतीघर मण्डलामा आज अनसन कार्यक्रम भएको थियो।

शिक्षकहरुप्रति राज्यको विभेदपूर्ण नीतिका कारण आन्दोलनमा उत्रन बाध्य भएको बताउदै आफ्ना ३४ बुधे मागहरु पूरा नभएसम्म आन्दोलन जारी राख्ने नेपाल शिक्षक महासंघ बर्दघाट नगर कमीटीका सचिव रमेश लम्सालले बताउनु भएको छ ।
रिले अनसनमा महासंघमा आवद्ध शिक्षक तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो । महासंघले शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्त गर्नुपर्ने, शैक्षिक क्षेत्रका लागि छुट्टै मर्यादाक्रम कायम हुनुपर्र्ने, निजामती कर्मचारी सरह तलव भत्ता र ग्रेडिङको व्यवस्था हुनुपर्ने, विगतमा सरकार र महासंघबीच भएका सम्झौताहरुको पालना गर्नुपर्ने माग गर्दै आएको छ ।

यस्तै तत्काल संघीय शिक्षा ऐन लागू गर्न, स्थानीय तहबाट हुने शिक्षक सरुवा रोक्न, शिक्षक कर्मचारी स्वास्थ्य कोषको व्यवस्था गर्न, शिक्षक अस्पतालको व्यवस्था गर्नुुपर्ने लगायतका ३४ बुँदे माग राखेर केन्द्रीय रुपमा नै चरणवद्ध रुपमा आन्दोलन गर्दै आएको नेपाल शिक्षक महासंघ बर्दघाट नगर कमीटीका सचिव रमेश लम्सालले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.