Jilla Ban Notis

चिसापानी जग्गा विवादमा वडाको गम्भीर ध्यानाकर्षण ,संघर्ष समितीद्धारा पत्रकारलाई फोटो खिच्न रोक।

0 64

बर्दघाट,साउन–१३
चिसापनी अस्पतालको जग्गाको विषय र गत मंगलवार भएको स्थानियवासीहरुको गतीविधिहरुका वारेमा आफ्नो र वडाको गम्भीर ध्यानाकर्षण भएको बर्दघाट नगरपालिका वडानम्वर २ की वडाध्यक्ष दया दर्लामीले विज्ञप्ती मार्फत जनाउनु भएको छ ।
उहांले १३ गते बुधवार एक विज्ञप्ती जारी गर्दै आफ्नो र वडाको गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ। विज्ञप्तीमा भनिएको छ २०३४ साल देखि संरक्षणगर्दै आएको जग्गामा गत मंगलवार विना जानकारी निमार्ण कार्य गर्न लागिएको र वडावाट अहिले सम्म सो जग्गाका लागि कुनै सिफारीसर दिने र कर लिने कार्य नभएको जनाईएको छ ।

यता मंगलवारको भेलावाट गठीत स्थानिय संघर्ष समितिले सोही दिन बर्दघाट नगरपालिका वडानम्वर २ मा लगाएको ताल खोली दिएको छ । तर बुधवार तालाखोल्न गएको संघर्ष समितिको टोलीले ताला खोल्नु अघि वडाध्यक्षसंग केहि आन्तरीक छलफलगरेको थियो ।
वडाको कार्यालयमा नै भएको आन्तरीक छलफलका क्रममा पत्रकारहरु पुग्दा उक्त छलफलमा पत्रकारलाई फोटो खिच्नमा रोक लगाईएको थियो । संघर्ष समिति र वडा विचको केहि आन्तरीक कुरा भन्दै पत्रकारलाई एकछिन ल भन्दै रोकलगाएपछि पत्रकार सो कार्यक्रमवाट वाहिरनु परेको थियो ।
पत्रकार वाहिरीएसंगै वडाध्यक्षले किन जानुभएको आउनुस वस्दा हुन्छ भनेपछि संघर्ष समितिका ब्यीक्तहरु एका एक कुरा परिवर्तन गर्दै आफुहरुको त्यस्तो कुनै कुरा नरहेको मात्र एछिन रोक्दैमा अन्यथा नलिन आग्रह गरेका थिए ।

Leave A Reply

Your email address will not be published.