Jilla Ban Notis

चौतारी युवा विकास प्रतिष्ठानको टोल भेला सम्पन्न् ।

0 41

कृष्ण ढकाल
बर्दघाट,साउन–१३
बर्दघाट नगरपालिका वडा नम्वर ४ बाढीपिडितमा रहेको चौतारी युवा विकास प्रतिष्ठानले बुधवार टोल भेला सम्पन्न् गरेको छ । प्रतिष्ठानले आफ्नो टोलको विकास निमार्णका क्रममा गठीत निमार्ण उपभोक्ता समितिले अर्थिक अनियमितता गरेका कारण त्यसको निकासका लागि टोल भेला गरेको प्रतिष्ठानका सदस्य मोहन सापकोटाले बताउनु भयो ।
निमार्ण समितिका डिलाराम चालीसे जैसीले सामाजीक कार्यगर्दा आर्थिक अपचलन गरेको र त्यसका प्रमाणहरु आफुसंग भएको जनाकारी गराउदा मान्छे लगाएर धम्की दिएकाले अब उहांलाई कस्तो खालको कार्वाहि गर्ने भन्दै प्रतिष्ठानले टोल भेला बोलाएको जनाएको थियो ।
भेलामा उपस्थितहरुले धम्कि दिएको कुरामा कानुनि प्रक्रियामा जाने र अब देखि समाजमा हुने सामाजिक कार्यमा जैसीलाई सहभागि नगराउने गरी निर्णय भएको सापकोटाले बताउनु भएको छ ।
चौतारी युवा विकास प्रतिष्ठानका कार्य वहाक अध्यक्ष किसान वि.क.को अध्यक्षतामा भएको भेलामा प्रतिष्ठानका निर्वतमान अध्यक्ष नारायण भण्डारी,पत्रकार रवि पाण्डे, मञ्जु चालीसे लगाएतले आ–आफ्ना धारणाहरु राखेका थिए भने प्रतिष्ठानका सदस्य मोहन सापकोटाले भेलाको औचित्य र भएको घट्नाक्रमका वारेमा जानकारी गराउनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.