Jilla Ban Notis

जनादेशवाट नभै प्रमादेशवाट बनेको वर्तमान देउवा सरकारवाट जनताले कुनै आशा लिनु पर्दैन ः अधिकारी

0 41

कृष्ण ढकाल
बर्दघाट,साउन–७
जनादेशवाट नभै प्रमादेशवाट बनेको वर्तमान देउवा सरकारले जनताको पक्षमा केहि गर्ला भनेर आशगर्ने कुनै ठाँउनै नरहेको नेकपा एमालेका नवलपरासी जिल्ला अध्यक्ष तथा लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीले बताउनु भएको छ ।

जनतावाट अनुमोदीत हुन सक्ने अवस्था नरहेकाले चुनाबवाट डराएर प्रमादेशको बाटो सरकार बनाउन अदालतलाई गुहार्न पुगेको अध्यक्ष अधिकारीले बताउनु भयो । नेपाल कम्युनिष्ट पार्टी को भात्रृसंगठन राष्ट्रिय युवा संघ नेपाल सरावल गाउँ कमीटी र अनेरास्ववियु सरावल गाउँ कमीटीले ४३ औं पुष्पलाल स्मृति दिवसका अवसरमा ललीतपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधनगर्दै अध्यक्ष अधिकारीले उक्त कुरा बताउनु भएको हो ।

राष्ट्रिय युवा संघ नेपाल सरावल गाउँ कमीटीका संयोजक पूर्ण बहादुर चौधरीको अध्यक्षता र नेकपा एमालेका नवलपरासी जिल्ला अध्यक्ष तथा लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले नेता तथा सरावल वडा नम्वर ५ का वडाध्यक्ष दिनेस सहानी,सुखाडी चौधरी,सुरेश यादव,संजय मौर्य, देवराज चौधरी,भेषनारायण चौधरी लगाएतका नेताकार्यबर्ताहरुको उपस्थिती रहेको थियो ।

अनेरास्ववियु सरावल गाउँ कमीटीका संयोजक महेश यादवको संचालनमा भएको कार्यक्रममा बोल्ने सबै एमाले नेताहरु एमालेले गरेका काम र त्यसको प्रभावकारीसंगै एमालेका संस्थापक नेता पुष्पलालका वारेमा चार्चा–परिचर्चा गरेका थिए ।
कार्यक्रम पश्चात सरावल–४ मा रहेको ललीतेश्वर महादेवको मन्दिर परिसरमा विभिन्न जातका विरुवाहरु रोपेर ४३ औं पुष्पलाल स्मृति दिवसका अवसरमा पुष्पलालको स्मरण गरेका थिए ।

 

Leave A Reply

Your email address will not be published.