Jilla Ban Notis

गुराँस टोलमा नेपाली कान्ग्रेसको टोल समिति गठन

0 35

कृष्ण ढकाल
बर्दघाट,साउन–४
नेपाली कान्ग्रेस बर्दघाट नगरपालिका वडा नम्वर–५ पाल्डांडाको टोल भेलाले नेपाली कान्ग्रेसको टोल समिति गठन गरेको छ । टोल समितिको सभापतिमा भिम बहादुर श्रीष थापा ,उप–सभापतिमा गंगा बहादुर भण्डारी क्षेत्री र सचिवमा घनश्याम अधिकारीलाई चयन गरेको छ । त्यसैगरी समितिको सह–सचिवमा कमल रोक्का मगर र कोषाध्यक्षमा लक्ष्मी निउरेलाई चयन गरेको छ ।

त्यसैगरी सदस्यहरुमा मिन गुरुङ्ग,ओम प्रकास सुनार,सुनिल विश्वकर्मा,अक्कर बहादुर गुरुङ्ग ,दिपक कंडेल,उमानन्द पाण्डे,सुधा राना र भेष कुमार थापा रहेका छन् ।
नेपाली कान्ग्रेस बर्दघाट नगरपालिका वडा नम्वर–५ का वडासभापति बासुदेव चौधरीको उपस्थितीमा राजनितिक पिडित तथा गुराँस टोलमा नेपाली कान्ग्रेसको टोल समिति गठन गरीएको थियो ।

Leave A Reply

Your email address will not be published.