Sarawal sit lahar Notis

रेडक्रसद्धारा प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकलाई स्वागत

0 77

गौरी शंकर जयसवाल
परासी असार ,३१
पश्चिम नवलपरासीमा आउनु भएका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नवलपरासीले स्वागत गरेको छ । आज रेडक्रस भवनमा एक कार्यक्रम गरी प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र र प्रहरी उपरीक्षक मनोज कुमार यादवलाई स्वागत गरिएको हो ।

नवआगन्तुक प्रजिअ र एसपीलाई स्वागत गर्दै रेडक्रस जिल्ला सभापति राजेन्द्र अग्रहरीले मानवीय सेवामा सक्रिय रेडक्रसलाई सहज रुपमा सञ्चालनका लागि आवश्यक सहयोग दुवै निकायबाट हुने विश्वास व्यक्त गर्नुृभयो । उहाँले रेडक्रसको आर्थिक स्रोत, सदस्यता, प्रतिष्ठा बढाउन आफू नेतृत्वको समिति निरन्तर क्रियाशील रहेको भन्दै स्थानीय तहको सहयोगमा जिल्लाका पाँच पालिकाका नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउँदै आएको बताउनुभयो ।

उहाँले पृथ्वीचन्द्र अस्पतालको नयाँ मुख्य भवन बनाउने क्रममा रेडक्रसले सञ्चालन गरिरहेको रक्त सञ्चार सेवा केन्द्र भवन भत्काउने तयारी गरिएको भन्दै उक्त भवन र सेवा पनि अस्पतालकै अभिन्न अंग र मानव सेवामै प्रयोग भईरहेकोले भवन भत्काउन बाट जोगाउन सहयोगको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले मानवीय सेवामा रेडक्रसको भूमिका प्रभावकारी रहेको बताउँदै विपद् व्यवस्थापनमा प्रशासन र रेडक्रसको सहकार्य रहँदै आएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि रेडक्रससँगको सहकार्य थप मजबुद बनाउँदै रेडक्रसको सेवा र उद्देश्य पूरा गर्न सहयोग गर्ने बताउनुभयो । प्रहरी उपरीक्षक मनोज यादवले विपद् व्यवस्थापनमा रेडत्रसको भूमिका सह््रानिय रहेको उल्लेख गर्दै आगामी दिनमा पनि सुरक्षा निकाय र रेडक्रसबीच सहकार्य र सहयोगकै भावना अनुरुप अघि बढ्ने बताउनुभयो ।

कार्यक्रममा रेडक्रसका लुम्बिनी प्रदेश सदस्य हैदर अलि मोमिन, जिल्ला उपसभापति कृष्णप्रसाद लमिछाने, जिल्ला सदस्य रुद्रकुमारी कण्डेल, जिल्ला शाखाका वरिष्ठ अधिकृत मुरारी गुप्ता लगायतले आ आफनो धारणा व्यक्त गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.