sunwal

सूर्तिजन्य पदार्थ बिक्रीबितरण गर्ने पसललाई तिन लाख जरिवाना

60

गाैरीशंकर जयसवाल
परासी, २८ असार
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाकाे हकुईमा अनुमति बिनै सूर्तिजन्य पदार्थको विक्री वितरण गर्ने व्यापारी कारवाहीमा परेका छन् । जिल्ला बजार अनुगमन समितिले रामग्राम नगरपालिकाकाे वडान –१६ हकुईमा बजार अनुगमन गर्ने क्रममा अनुमति विनै सूर्तिजन्य पदार्थ बिक्री गरिरहेको पाईएपछि बिष्णु किराना पसललाई तिन लाख जरिवाना गरेको हो ।
टोलीले उक्त पसलले लुकाएर राखेको अवस्थामा र बिनै अनुमति नलिईकाे सूर्तिजन्य बिक्रीवितरण गरेकाे पाईएकाेले तीन लाख जरिवान गरिएकाे बजार निरीक्षण अधिकृत एवं सहायक प्रमुख जिल्ला अधिकारी माझीले जानकारी दिए ।
उनकाे अनुसार अनुगमनकाे क्रममा बिष्णु किराना पसलका सञ्चालकले लिनुपर्ने सुर्तीजन्य पदार्थको स्वीकृति नलिएकाे राजश्व छलि गरेकाे व्यवासायिकले सुर्तिजन्य पदार्थ नियन्त्रण लिएका सामानहरू र म्याद गुज्रेका अखाद्य बस्तुहरू नियन्त्रण लिई नष्ट गर्न खाेज्दा सञ्चालकले घेर्नु काम अवरुद्ध गरेकाेले भन्दै उक्त व्यापारी लाई दफा ४९ एक बमोजिम अन्तर्गत दुई लाख देखि तीन लाख सम्म जारिवानकाे व्यवस्था अनुसार उक्त पसललाई तीन लाख जरिवाना गरिएकाे माझिले बताए ।
बजार अनुगमन समितिले रामग्राम नगरपालिकाकाे विभिन्न क्षेत्रकाे पसलहरूमा अनुगमन गरेकाे छ।
अनुगमनकाे क्रममा अधिकाश किराना पसलमा म्याद गुज्रिएको खाद्य बस्तु भेटिएकाे र उक्त बस्तुहरू नियन्त्रणमा लिई नष्ट गरिएकाे घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत नेत्रप्रसाद भुसालले जानकारी दिए।अनुगमन टोलीले साैरब सप्यलार्यबाट म्याद गुज्रेका ५० डिब्बा फेबिक्युल केमिकल, पेन्ट, लगायतकाे जफत गरि नष्ट गरिएकाे उद्योग अधिकृत भुसालले बताए ।

अनुगमनकाे क्रममा४ वटा बिना दर्ता गरि व्यापार व्यावासय सचालन गरेकाे पाईएकाे र उक्त व्यापारीलाई व्यवासय सात दिनभित्र व्यवासय दर्ता गरेर मात्र व्यावसय संचालन गर्न निर्देशन दिईएकाे उद्योग अधिकृत भुसालले जानकारी दिए ।
अधिकाश पसलहरूमन व्यापारिहरूले मूल्य सुर्ची नराखेकाे पाईएकाे छ ।त्यस्ता पसलहरूलाई मुल्यसुर्ची राखेर व्यवासय गर्न निर्देशन दिईएकाे उद्योग अधिकृत भुसालले बताए ।
जिल्ला प्रशासन कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च घरेलु तथा साना उद्योग कार्यालय, पत्रकार , जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिसहितको अनुगमन समितिले रामग्रामका विभिन्न क्षेत्रमा रहेका खाद्यन्न, किराना, हार्डवेयर, मिष्ठान भणडार लगायत २२ वटा पसलहरूमा अनुगमन गरेको थियो ।