Jilla Ban Notis

रामग्राम नगरपालिकाको आ.ब.०७८÷०७९को ७३ करोड ५२ लाखको ६ हजार वार्षिक बजेट

स्वास्थ्य, शिक्षा, कृषि र पर्यटनमा बिशषे प्रथामिकता साथ बजेट बिनियोजन

0 22

गौरीशंकर जयसवाल

परासी ९ असार
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको आठौं नगर सभा सम्पन्न गरेको छ । नगरबासीको सरोकार,स्वाच्छ,पारर्दर्शी,बिकासमुखी स्थानिय सरकार मुल नाराका साथ आठौ नगर सभा आज रामग्राम नगरपालिकाको हलमा सम्पन्न गरेको हो । नगरसभा सम्पन्न भए लगत्तै पत्रकार सम्मेलन गरी बजेटको घोेषण पनि गरेको छ । पत्रकार सम्मेलनमा नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले स्वास्थ्य शिक्षा कृषि,पर्यटनमा बिशेष प्रथामिकतामा राखेर बजेट बिनयोजन गरिएको जानकारी दिए । नगरप्रमुख नरेन्द्र गुप्ताले आथर््िाक बर्ष २०७८÷७९मा कुल ७३ करोड ५२ लाख ६ हजार रुपैयाँ वार्षिक बजेट बिनियोन गरिएको बताए ।

निती तथा कार्यक्रममा प्रशासनिक खर्च तर्फ १६ करोड पूर्वाधार निमार्ण तर्फ वडास्तरीय ७ करोड ७० लाख पूर्वाधार निमार्ण तर्फ नगरस्तरका लागी ६ करोड ३० लाख सड्क बोड तर्फ ६५ लाख र संपुरक तर्फ ४ करोड रकम बिनियोजन गरीएको नगरप्रमुख गुप्ताले जानकारी दिए । निति तथा कार्यक्रममा संबिधान र बिभिन्न कानून तथा जनसंख्या,भूगोल र राजश्व क्षमतालार्ई बजेट तर्जुमको आधार बनाएको रामग्राम नगरपालिकाले जनाएको छ । निति तथा कार्यक्रम कृषिमा एक घर,एक करेसाबारीको अवधारणा र प्राबिधिक सहयोग , स्थानीय हाट बजार पूर्वाधार निर्माण, पर्यटनमा रामग्राम स्तुपर पण्डितपुरको बिकास ( शान्ति कोलिय उद्यान) सहकारी सदस्यहरुको क्षमता बृद्धि ,एक वडा एक उत्पादन , मेयर युवा इलम कार्यक्रम , मेयर छात्रबृद्धि कार्यक्रम ,कोभिडबाट अभिवाभक गुमाएकालाई राहत कार्यक्रम जस्ता कार्यक्रम निति कार्यक्रममा समाबेश गरिएको नगरप्रमुख गुप्ताले बताए ।

पूर्वाधार तर्फ ठूला योजनाहरुको डिपीआर पश्चात योजना संचालन गर्ने ,एक पोखरी एक नमुना पार्क ,मेयर उज्यालो कार्यक्रम , सूचना तथा अभिलेक कक्षको निर्माण , सञ्चार माध्यमसंग समन्वय एबं सहकार्य गरिने र आवश्यक कार्यक्रम संचालन गर्ने निति लिईएको नगरप्रमुख गुप्ताले बताएका छन । निति कार्यक्रममा रामग्राम नगरपालिकाको पहिचान सहितको लोगो निर्माण र कार्यन्वयन गर्ने, कर्मचारी आचार संहिता जारी गर्ने , बेरुजुलाई सुन्यमा ल्याउने लगायतका कार्यक्रम निति कार्यक्रममा ल्याईएको छ । आगामी असार ३० गते नगरको पूर्ण बजेट सार्बजनिक गरिने पत्रकार सम्मेलनमा नगर प्रमख गुप्ताले जानकारी दिए ।

करदातालाई सम्मान र करछुटको निति लिईएको छ भनेटोल बिकास सस्थाहरुलाई प्रभावकारी बनाउने र मेलमीलाप केन्द्रलाई वडा।वडासम्म पु—याउने निति निति कार्यक्रम मार्फत सार्बजनिक गरिएको नगरउपप्रमुख रम्भा कुवँरले जानकारी दिईन ।

Leave A Reply

Your email address will not be published.