Sarawal sit lahar Notis

नवलपरासी युवा समाजद्धारा विभिन्न माग सहित रामग्राम नगर क्षेत्र परिक्रमा ।

0 17

रमेश भुसाल

सुनवल,जेठ ४

पश्चिम नवलपरासीमा स्वतन्त्र युवाहरुको समुह नवलपरासी युवा समाजले विभिन्न मागहरु राख्दै रामग्राम नगर क्षेत्र परिक्रमा गरेको छ । कारोना रोकथाम तथा नियन्त्रणको लागी गरिएको निषेधाज्ञाका कारण करदाताहरु मर्कामा परेको भन्दै नो भ्याक्सिन नो ट्याक्स, यथासक्य छिटो भ्याक्सिनको व्यवस्था गर, लकडाउन अवधिभर कर मिनाह र राहतको व्यवस्था गर लगाएतका माग सहित नगरक्षेत्र परिक्रमा गरेको हो ।

नगर क्षेत्र परिक्रम पश्चात परासीको वुद्धचोकमा भएको कोण सभामा वोल्दै नवलपरासी युवा समाजका संयोजक धमेन्द्र गिरिले बर्तमान समयमा करदाताहरु मर्कामा परेको भन्दै नेपाल सरकारको ध्यानाकर्षण गराउन युवाहरुले आवज वुलन्द गर्नुपरेको वताउनुभयो । अर्थतन्त्र चलायमान गराउन र आर्थिक विकास गर्न करदाताहरालाई नेपाल सरकारले प्राथमिकतामा राख्दै विभिन्न उत्प्रेरणामुलक योजनाहरुलाई आगडि वढाउनुपर्ने युवाहरुले बताएका छन् ।

रामग्राम नगरपालिका वाट सुरु गरिएको परिक्रमा सहितको कोण सभा पश्चिम नवलपरासीका सवै पालिकाहरुमा गर्ने तयारी गरेको नवलपरासी युवा समाजले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.