Jilla Ban Notis

लुम्बिनी प्रदेशको बजेट ४० अर्ब ९५ करोड ९७ लाख रुपैंया (बजेटको पूर्णपाठ)

0 26

बुटवल,असार–१
आगामी आव २०७८र०७९ को लागि लुम्बिनी प्रदेशको बजेट ४० अर्ब ९५ करोड ९७ लाख रुपैंया चालुतर्फ १४ अर्ब ९३ करोड ७३ लाख ४३ हजार रुपैंया प्रस्तुत गरीएको छ । जस्मध्ये पूँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख ६१ हजार रुपैंया स्थानीय तह वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८४ करोड २३ लाख ९६ हजार रुपैंया रहेको छ ।
त्यसैगरी संघीय सरकारबाट समपुरक अनुदान प्राप्त ७२ करोड रुपैंया  तथा विशेष अनुदान प्राप्त आठ आयोजनाका लागि ६३ करोड ४९ लाख रुपैंया विनियोजना गरीएको छ भने संघीय सरकारबाट प्राप्त सशर्त अनुदान ६ अर्ब २३ करोड ३ लाख रुपैंया रहेको छ । यता प्रदेशले स्थानीय तहलाई दिने समानीकरण अनुदान ७० करोड रुपैंया रहेको छ ।

बजेट कोभिड १९ नियन्त्रण र उपचार र त्यसले श्रृजेका समस्या समाधानमा केन्द्रीत छ । अस्पतालहरुलाई पूर्वाधारयुक्त र उपकरणयुक्त बनाउन बजेटमा व्यवस्था गरिएको छ । रोजगारी श्रृजना, कृषिको व्यवसायीकरण र उत्पादन बढाउन विभिन्न कार्यक्रम अघि बढाइएको छ । पर्यटन प्रवद्र्धनका लागि पर्यटन पूर्वाधार निर्माणमा जोड दिइएको छ ।
एकघर एकधारा कार्यक्रम अन्तर्गत खानेपानी आयोजना अघि बढाइएको छ । र सिंचाई सुविधाको पहुँच वृद्धिमा उल्लेख्य बजेट विनियोजन गरिएको छ । रणनीतिक सडक आयोजना निर्माणमा जोड दिइएको छ ।
तीन वर्षमा अस्पतालहरुको गुणस्तर बढेको छ । पर्यटन पूर्वाधारको क्षेत्रमा केही देखिने काम भएका छन् । तीन वर्षभित्र स्वच्छ खानेपानीको पहुँच पुरयाउने गरी काममा नतिजा देखिन थालेको छ । स्मार्ट कृषि गाउँ कार्यक्रम लगायत केही नमूना कृषि कार्यक्रम सञ्चालन भइरहेका छन् । महत्वपूर्ण र रणनीतिक सडक आयोजनामा प्रयाप्त बजेट र पुलको निर्माणले प्रदेश सरकार नागरिकले सुनिने र देखिने विन्दुमा आइपुगेको छ ।

बजेटको पूर्ण पाठका लागि  लिकंमा क्लिब गर्नुहोस

Budget 78 final

Leave A Reply

Your email address will not be published.