sunwal

दाउन्नेमा कन्टेनर सडक तल खस्यो,सुनवलमा डाइभर्सन बगाउँदा राजमार्ग अबरुद्ध

101

बर्दघाट,असार–१
वर्दघाट दाउन्ने सडक खण्ड अन्तरगत पुर्व देखि पश्चिम तर्फ आई रहेको ना ७ ख ७६७१ नम्बरको कन्टेनर सडक देखि करिव १५ मिटर तल खसेको र मानविय क्षती नभएको इलाका प्रहरी कार्यलय बर्दघाटले जानकारी दिएको छ । अहिले बर्दघाट दुम्कीबास सडक खण्ड एक तर्फ खुलेको जिल्ला ट्राफिक कार्यलय नवलपुरले जानकारी दिएको छ ।
त्यस्तै यता
पुर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल बर्दघाट सडक खण्ड अन्तर्गत देवदह गणेश नगरको डाइभर्सन बगाउँदा पुर्व पश्चिम् राजमार्ग अबरुद्ध भएको छ। बुटवल नारायण गढ सडक खण्ड विस्तारका क्रममा पुल भट्काएर नंया पुल निर्माण सम्पन्न नहुदा सम्मका लागि डाइभर्सन बाट सवारी आवतजावत गराइएको थियो।
बुटवल देखि खैरेनी सम्म ३ ओटा पुल भट्काएर नंया पुल निर्माण भैरहेको छ। सडक अबरुद्द भए पछि यातायात थप्प भएको छ।