अधेरीखोला खानेपानी उपभोक्ता संस्थाद्धारा दुई महिनाको महशुल मिनाहा
मोहन पौडेल
परासी, २८ जेठ
नयाँ भेरियन्टसहितको कोरोना भाइरस महामारीको कारण सबै क्षेत्र प्रभावित भइरहेको अवस्थालाई मध्यनजर गर्दै पश्चिम नवलपरासीको अधेरीखोला खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था सुनवल-११ ले खानेपानी महसुलमा छुट दिने भएको छ ।
कोभिड महामारी र यसको नियन्त्रणको लागि गरिएको निषेधाज्ञाले पारेको प्रभावलाई मध्यनजर गर्दै आफ्ना उपभोक्तालाई दुई महिनाको महसुल मिनाहा गर्ने निर्णय गरिएको संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
कोरोना भाइरसको प्रभावका कारण आमउपभोक्तालाई सहजताका लागि महसुलमा छुट दिने निर्णय गरिएको उहाँले बताउनुभयो । यसबाट आमउपभोक्तालाई केही राहत पुग्ने उद्देश्यका साथ यस्तो निर्णय गरिएको संस्थाले जनाएको छ ।
अध्यक्ष श्रेष्ठका अनुसार निषेधाज्ञाका कारण आम्दानीमा प्रभाव पारेकाले वैशाख र जेठ महिनाको महशुल छुट गरिएको हो ।यो रकम करिब साढे तीन लाख हो । यसैगरी निषेधाज्ञा अबधिभरको जरिवाना पनि छुट गरिएको संस्थाका व्यवस्थापक रुक्मागद बस्यालले बताउनुभयो ।
हाल यश आयोजनाले सुनवल-११ र १२ का एक हजार धारा मार्फत पानी वितरण गरिरहेको छ। यसबाट उक्त क्षेत्रका बीस हजार बढी जनसंख्या प्रत्यक्ष लाभान्वित छन् ।