Jilla Ban Notis

पाल्हीनन्दन–२ ,मुडेरामा एक व्यक्तिको गोठमा आगलागी हुदाँ साढे आठ लाख बराबरको क्षति

0 55

गौरीशंकर जयसवाल
परासी,जेष्ठ–२८
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा गोठमा आगलागी भएको छ। पाल्हीन्दन गाउँपालिकाको वडान २ मुडेरामा एक व्यक्तिको गोठमा आगलागी भएको हो।खरको छानोले छाएको कच्ची गोठ जलेर पूर्ण नष्ट भएको छ । पाल्हीनन्दन गाउँपालिकाको वडान २ बस्ने कुलबहादुर हरिजनको गोठमा गएराति आगलागी हुदाँ सात लाख बढीको क्षति भएको गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता दिपकले जानकारी दिए । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन् ।

राति करिब पौने एघार बजे भएको आगलागीबाट गोठमा रहेका एउटा भैँसी र एउटा पाडी जलेर गम्भीर घाईते भएको र नजिकै रहेको टेक्टरको अगाडिको भाग पनि जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजु लामाले बताए ।कुलबहादुर सोही स्थानमा सुत्ने गरेकोले आगोलागीबाट घर भित्री रहेका कपडा, खाट, सिलाई मेसिन लगायत जिन्सी सामान, नगद रु डेढ लाख, टेक्टरको रु चार लाख, भैँसी करिब रु डेढ लाख गरी सात लाख बढीको क्षति भएको प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए ।

सुतिरहेको बेला लागलागी भएकोले यहाँ खाना पकाउने वा आगोजन्य गतिविधि नहुने गरेको तथा नजिकमा बिजुलीको पोल पनि नभएकोले आगलागी कसरी भयो भन्ने यकिन नभएको घरधनी हुनसकेको छैन । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । गाउँपालिका अध्यक्ष गुप्ताले आगलागी स्थलको स्थलगत अवलोकन गर्दै दुःख व्यक्त गरेका छन ।

Leave A Reply

Your email address will not be published.