Sarawal sit lahar Notis

महामारीमा अतिविपन्नको भोक मेट्दै फेसबुक गु्रप “क्लब हेल्पिङ्ग हेन्डस्”

0 25

मोहन पौडेल

परासी, २० जेठ

पश्चिम नवलपरासीको परासी क्षेत्रका विद्यार्थीहरुको एक समूहले फेसबुक अभियान मार्फत रकम संकलन गरी अतिविपन्नको छाक टार्न सहयोग गरेका छ । फेसबुक गु्रप क्लब हेल्पिङ् हेन्डस्ले फेसबुकमार्फत रकम जुटाएर निषेधाज्ञाका कारण छाक टार्न धौधौ भएका विपन्न वर्गको भोक मेट्ने अभियान चलाएका हुन् ।

यसरी संकलन भएको रकमबाट अहिलेसम्म रामग्राम नगरपालिका र पाल्ह्ीनन्दन गाउँपालिकाका करिब ६० जना अतिविपन्नलाई खाद्यन्न सहयोग गरिएको गु्रपका संयोजक रामप्रसाद पौडेलले बताउनुभयो । उहाँका अनुसार हालसम्म रामग्राम नगरपालियकाको जीतपुर, पोखरापाली, सहुवाटिकर, ड्राईभर टोल, बजार टोल, लक्ष्मीपुर, मन्झरिया, लंकाहा, ईमली टोल, रेक्साहा, केरवानी, वैरिहवा, कशिया, वनदेवी जमुवाड तथा पाल्हीनन्दनको लोहरौली र पाल्ह्ीका अतिविपन्न घरपरिवारलाई चामल, दाल, गहुँ, भुजा, चिउरा, चना, सोयाबिन, नुन, बेसार, मसाला, तेल लगायत खाद्यन्न सहयोग गरिएको हो ।

कोरोना महामारीको संक्रमण जोखिमको न्यूनीकरणका लागि निषेधाज्ञा जारी गरिएपछि दैनिक ज्यालादारी तथा मजदुरी गर्न नपाएर बेरोजगार भई छाक टार्न धौ धौ भएका अतिविपन्न घरपरिवारको भोक मेट्न आफूहरुले यो अभियान सञ्चालन गरिएको गु्रपकी सदस्य सुजु पराजुलीले बताउनुभयो । निषेधाज्ञा अवधिभर अभियान सञ्चालन रहने बताउँदै गु्रपका सदस्य सक्षम श्रीवास्तवले गु्रप मार्फत यसअघि पृथ्वीचन्द्र अस्पतालका कोभिड बिरामीलाई फलफूल, प्रोटिनयुक्त खाना र पानी वितरण गरेको बताउनुभयो ।

यदी दैनिक छाक टार्न समस्या भए ९८२६४४१५१९ मा सम्पर्क गर्न गु्रपले आग्रह गरेको छ । साथै अभियानमा आर्थिक वा अन्य सहयोग गर्न चाहनेले पनि सोही नम्बरमा सम्पर्क गर्न सकिने ग्रुपले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.