Jilla Ban Notis

रामग्रामका नगरप्रमुख होमआईसोलेनमा पुगेर भिटामिन अ‍ौषधि बितरणगर्दै

0 82

गौरीशकर जयसवाल
परासी ३० बैशाख
रामग्राम नगरपालिकाले कोभिड सक्रमित बिरामीहरूलाई भिटामिन औषधि बितरण गरेको छ । रामग्रामका नगरप्रमुख नरेन्द्र कुमार गुप्ताको टोली आज होम आईसोलेनमा रहेका कोभिड सक्रमित बिरामीहरुको घर–घरमा पुगेर भिटामिन अ‍ौषधि बितरण गरेको थियो ।
रामग्राम नगरपालिका वडानं ४ का कोभिड संक्रमित बिरामीहरूलाई उच्च मनोबल बढाउने किसिमको भिटामिनको औपधि बितरण गरेको हो । नगरप्रमुख नरेन्द्र कुमार गुप्ताको टोलीले विभिन्न प्रकार का भिटामिन , मास्क सेनिटाईजर वितरण गरेको रामग्राम नगरपालिका वडा नं. ४ का वडाअध्यक्ष मदन यादवले जानकारी दिए ।
नगरप्रमुख गुप्ताले होम आईसोलेसनमा बसेका सक्रमित बिरामिहरूकै घरमा पुगि सिटामोल,भिटामिन सि,भिटामिन बि टुबेल,जीवन जल मास्क र सेनेटाईजर लगायतको अ‍ौषधि बितरण गरिएको रामग्राम नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत राजेश पन्थिले बताए ।
कोभिड सक्रमित बिरामिहरूको उच्च मनोबल र क्षमता बढाउने उदेश्यले उक्त अ‍ौषधि घरमै पुगि बितरण गरिएको नगरप्रमुख गुप्ताले बताए ।उनको अनुसार नगरभित्र रहेका कोभिड सक्रमित बिरामी अ‍ौषधिहरूको घरमा पुगि क्रमश बितरण गर्ने बताए ।
होम आईसोलेसनमा बसेका कोभिडको सक्रमित बिरामिहरूलाई आवश्यकता अनुसार मोबाईलमा स्वास्थकमि मार्फत परामर्श दिने र उनिहरूको अवास्थाबारे जानकारी लिदै आएको नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले जानकारी दिए ।
नगरपालिकाले बीस बेड मध्ये दस बेड अक्र्सिजन सहितको आईसोलेसन सेन्टर सचालन गरिरहेको छ ।

Leave A Reply

Your email address will not be published.