विकास चापागाँई
बैशाख २१
पश्चिम नवलपरासीमा कोरोना संक्रमण भयाभह बन्दै गएको छ । जिल्लामा मगंलबार एकैदिन थप ६ जना कोरोना संक्रमितको मृत्यु भएसँगै स्थीती थप जटिल बनेको हो । जिल्लाको पाल्हीनन्दन गाउँपालिकामा ३ जना, सुस्ता गाउँपालिका, रामग्राम र बर्दघाट नगरपालिकामा एक–एक जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन देवीलाल पौडेलले जानकारी दिनुभयो ।
पाल्हीनन्दन गाउँपालिका वडा नम्बर १ का ५८ वर्षीय पुरुषको पृथ्वी चन्द्र अस्पताल परासीमा, वडा नम्बर २ का ७० वर्षीय वृद्ध र वडा नम्बर ४ की ५५ वर्षीय महिलाको युनिभर्सल मेडिकल कलेस भैरहवामा मृत्यु भएको छ ।
यस्तै रामग्राम नगरपालिका वडा नम्बर ४ की ४५ वर्षीय महिलाको पृथ्वी चन्द्र अस्पताल परासीमा, बर्दघाट नगरपालिका वडा नम्बर १२ की ५४ वर्षीय महिला र सुस्ता गाउँपालिका वडा नम्बर १ का ७० वर्षीय वृद्धको युनिभर्सल मेडिकल कलेज भैरहवमा मृत्यु भएको कोरोना फोकल पर्सन पौडेलले जानकारी दिनुभयो । जिल्लामा मगंलबार ६ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संङ्ख्या ५४ पुगेको छ ।
यसैविच पश्चिम नवलपरासीमा मगंलबार थप ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्य महिला ३५ र पुरष ४५ छन् । पिसिआर परिक्षणबाट ४४ र एन्टिजिन परिक्षणबाट २६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
मगंलबार बर्दघाट नगरपालिकामा ३३, सुनवल नगरपालिकामा ३२, सरावल गाउँपालिकामा ६, रामग्राम नगरपालिकामा ५, प्रतापपुर र सुस्ता गाउँपालिकामा २–२ जनामा कोरोना संक्रमण भएको हो । मगंलबार ८० जनामा कोरोना संक्रमण थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संङ्ख्या दुई हजार ३७ पुगेको छ ।
अब जिल्ला भित्र ५ सय ४१ जना सक्रिय सक्रमित आइसोलेसनमा रहेका छन् । जिल्लाबाट पठाएको मध्य अझै एक सय ५६ जनाको पिसिआर परिक्षणको रिपार्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।