Jilla Ban Notis

प्रर्थम उपमेयर कप महिला फुटबल प्रतियोगिताको उपाधि पोखराले हात पा¥यो ।

0 28

कृष्ण ढकाल
बर्दघाट,चैत्र–१७
नवलपरासीको बर्दघाटमा संचालन भएको प्रर्थम उपमेयर कप महिला फुटबल प्रतियोगिताको उपाधि लेखनाथ यूनाईटेड कास्की पोखराले हात पार्न सफल भएको छ ।
आज भएको फाईनल खेलमा आयोजक नवलपरासी ११ लाई १ का विरुद्ध २ गोल गरी लेखनाथ यूनाईटेड कास्की पोखरा विजयी भएको छ भने आयोजक नवलपरासी ११ उप–विजयी हुन पुगेको छ ।
बर्दघाट नगरपालिकाको आयोजना र नगर खेलकुद विकास समितिको समन्वयमा भएको प्रर्थम उपमेयर कप महिला फुटबल प्रतियोगितामा नवलपरासी ,कास्की,रुपन्देही लगाएतका ८ टिमले प्रतिस्पद्या गरेका थिए ।


प्रतियोगितामा विजयी लेखनाथ यूनाईटेड कास्की पोखराले १ लाख ५ हजार ५ सय नगद,मेडल ट्रफी र प्रमाण पत्र प्राप्त गरेकोे छ भने उप–विजेता नवलपरासी ११ ले ६५ हजार नगर,मेडल ट्रफी र प्रमाण पत्र मा नै चित्त बुझाएको छ ।
विजेता तथा उप विजेता खेलाडीहरुलाइ बर्दघाट नगरपालिकाका नगर प्रमुख तथा उप प्रमुखले पुरस्कार वितरण गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.