Jilla Ban Notis

रामग्राम जेसीजद्धारा एक दिने बहुशाखा तालिम सम्पन्न

0 46

परासी,फागुन–२९
रामग्राम जेसीज परासीको आयोजनामा एक्सीलेरेट योर लोम विषयक एक दिने बहुशाखा तालिम आज परासीमा सम्पन्न भएको छ । तालिममा रामग्राम जेसीज,रामग्राम महिला जेसीज र बर्दघाट जेसीजका सदस्यहरुको सहभागीता रहेको थियो भने नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष श्रीधर बस्यालले प्रशिक्षण दिनुभएको थियो ।

रामग्राम जेसीज वर्ष २०२१ का अध्यक्ष चन्द्रमणि चौधरीको अध्यक्षता तथा पवन माविका पूर्व प्रधानाध्यापक देवेन्द्र कुमार सिंहको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा प्रशिक्षक तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष श्रीधर बस्याल, रामग्राम जेसीजका पूर्व अध्यक्षहरु राजकुमार रेश्मी,मेघराज गौतम, पुरुषोत्तम ढकाल,यमकुमारी सुवेदी, रामग्राम महिला जेसीजकी अध्यक्ष पुष्पा लामा,बर्दघाट जेसीजका अध्यक्ष गणेश न्यौपाने तथा प्रक्षिक्षार्थिको तर्फबाट रामग्राम जेसीजका उपाध्यक्ष विष्णुराज राव,रामग्राम महिला जेसीजकि शाखा सम्पादक सुनिता बस्याल,बर्दघाट जेसीजका शाखा सम्पादक यज्ञमूर्ति भण्डारी र रामग्राम जेसीजका प्रकरण निर्देशक निरज ज्ञवालीले शुभकामना व्यक्त गर्नुभएको रामग्राम जेसीज वर्ष २०२१ का महासचिव मोहन पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रममा रामग्राम जेसीजका कार्यकारी उपाध्यक्ष वेनिमाधव बस्यालको स्वागत,विष्णुराज रावको आस्था पाठ र महासचिव पौडेलको सञ्चालन रहेको थियोे ।

Leave A Reply

Your email address will not be published.