Jilla Ban Notis

लागूऔषधसहित एक युवक सुस्ताबाट पक्राउ

0 36

श्याम थापा

सुस्ता,२७ फाल्गुन

पश्चिम नवलपरासीको सुस्ताबाट एक युवक लागू औषध सहित पक्राउ परेका छ्न । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट गुठिप्रसौनीको सशस्त्र प्रहरी निरीक्षक सन्तोष खरेलको नेतृत्वमा गएको गस्ती टोलीले लागूऔषधसहित बुधवार साँझ ५ बजे तिर सुस्ता गाउँपालिका वडा नं. २ सतपत्तीबाट बर्दघाट नगरपालिका बस्ने अन्दाजी १९ बर्षको एक युवकलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेको युवकले भारतबाट समान बोक्ने झोलामा लागुऔषध लुकाएर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा विशेष सुराकीको आधारमा ती युवकलाई सिमा क्षेत्रमा नियन्त्रण लिन खोज्दा सशस्त्र प्रहरीलाई देखेर भागेका थिए भने ती युवकलाई भाग्ने क्रममा सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीका सशस्त्र प्रहरी निरीक्षक खरेलको नेतृत्वमा गएको गस्ती टोलीले सुस्ताबाट पक्राउ गर्न सफल भएको हो ।

पक्राउ परेका युवकको झोला चेकजाँच गर्दा झोलाबाट अनरेक्स सिरफ ३१ बोतल, नाइट्रोभेट ८ पत्ता १ सय २० चक्की, विनस्पास्मो फोर्ट १८ सय ९० पिस जस्ता लागूऔषध बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक खरेलले बताएका छन ।

पक्राउ परेका युवकलाई बरामद लागूऔषध सहित इलाका प्रहरी कार्यालय बेलाटारीमा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक खरेल जानकारी दिएका छ्न भने प्रकाउ परेका युवकको बारेमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले सुस्ता सन्देशलाई बताएका छ्न ।

Leave A Reply

Your email address will not be published.