Jilla Ban Notis

जि एम अटो सुनवलले बजाजको तिनपांग्रे अटोको विक्रि शुरु गर्यो ।

0 29

सुनवल,फागुन–१३
जि एम अटो सुनवलले बजाजको तिनपांग्रे अटोको विक्रि शुरु गरेको छ । विहिवार सुनवल नगरका नगर प्रमुख भिम बहादुर थापा भरतले जि एम अटोवाट खरीद गर्ने पहिलो ग्राहकलाई अटोको चांपी हस्तान्त्रण गरी विक्रि शुरुवाद गर्नु भएको थियो ।

जि एम अटो सुनवलवाट तिनपांग्रे अटो खरीद गर्ने पहिलो ग्राहक मोहममत शाहअली रहनु भएको छ । शुभारम्भ कार्यक्रममा बोल्दै नगर प्रमुख थापाले खरीद गरीएको अटोवाट राम्रो आम्दानी गर्नका लागि मिहनत गर्न खरीद कर्तालाई आग्रह गर्नु भएको थियो । त्यसैगरी ब्यवसाय संचालक गोपाल पाण्डेलाई पनि ब्यवसायिक सफलताको कामना गर्नु भएको थियो ।

बजाजको तिनपांग्रे अटोको विक्रि शुभारम्भ कार्यक्रममा सुनवल नगरपालिका नगर प्रमुख भिम बहादुर थापा भरत,सुनवल उद्योग वाणीज्य संघका अध्यक्ष रमेश कर्माचार्य, एच.एच. बजाजका रिजनल अफिसर सुरेन्द्र बनजाडे लगाएतको उपस्थिती रहेको थियो ।

जि.एम.अटो सुनवलको संचालकमा गोपाल पाण्डे,चन्द्रमणी भूषाल र मेघराज पन्थ रहनु भएको छ । नेपालका लागि बजाज अटो लिमिटेड अर्थात भारतको आधिकारीक वितरक गोल्छा ग्रुप अन्र्तगतको हंसराज हुलासचन्द एण्ड कम्पनीले नयां बजाजको तिनपाग्रे अटो बजारमा ल्याएको हो । बजाजको नयां तिनपाग्रे अटो व्यावसायिक तथा यात्रुहरुको प्रयोगका लागि सहज हुने गरी डिजाइन गरिएको छ।

Leave A Reply

Your email address will not be published.