sunwal

बर्दघाट–७ जिमिरेभारमा दिप प्रज्वलन

118

बर्दघाट,फागुन–१२
संसद पुनःस्थापन हुने निर्णय सगै बर्दघाट–७ जिमिरेभारमा पनि दिप प्रज्वलन गरिएको छ । सर्वोच्च अदालतले संसद पुनःस्थापनको पक्षमा फैसला सुनासंगै जिमिरेभार चोकमा नेपाली कांग्रेस र नेकपा–प्रचण्ड समुहका नेता कार्यकर्ताहरुले दिप प्रज्वालन गरेका हुन।
सर्बोच्च अदालतले संसद पुनःस्थापन गर्ने फैसाल गरेको खुसियालिमा आज सांझ दिपप्रज्वलन पश्चात भएको कोण सभामा नेपाली कांग्रेसका नेता पोषचन्द्र देवकोटा,ध्रुब थारु,रामनारायण श्रेष्ठ,नरेन्द्र थापा लगाएत नेकपा–प्रचण्ड समुहका नेता वृहस्पति अधिकारी,लक्ष्मी खरेल,सूर्यनाथ अधिकारी लगाएतको सहभागिता रहेको थियो ।