Jilla Ban Notis

सरावल गाउँपालिकाद्वारा परियोजना कृयाकलाप अनुगमन

0 31

उमेश बि.क

सरावल,५ फाल्गुन

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं,७ मा सन्चालित महिला तथा युवा स्वरोजगार कार्यक्रम एवं सिचाइ परियोजना सरावल गाउँपालिकाद्वारा अनुगमन गरिएको छ।
कोइकाको आर्थिक सहयोग तथा गुड नेवर्स इन्टरनेसनलको प्राबिधिक सहयोग एवम सहमतिको आयोजनामा सन्चालित समावेशी ग्रामीण विकास परियोजना अन्तर्गत महिला तथा युवा स्वरोजगार कार्यक्रम र सिचाइ परियोजना अनुगमन गरिएको हो ।

परियोजना अनुगमनमा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरी,वडा नं। ७ वडा अध्यक्ष हेयात खा धुनिया,योजनाशाखा प्रमुख राजन बस्याल,लेखाशाखा प्रमुख नारायण पाण्डेय,कृषिशाखा प्रमुख कुलदिप मिश्रा,सहमतिको कार्यकारी संयोजक हरि सापकोटा,टिम लिडर लोक बहादुर थारु,कृषि विज्ञ सुनिल दुलाल ,मुल्यांकन तथा अनुगमन अपिसर सुधा देसार लगाएतको टोलिले अनुगमन गरेको आइआर डिएन सहजकर्ता कबिता कलवारले जानकारी दिनुभएको हो।

टोलीले समुदाय स्तरमा परियोजनाबाट भएको फाइदा र उपलब्धि तथा बहुउपयोगी सिचाइँ योजनासहित गरिएको कृयाकलाप र कामको गुणस्तरीयता बारे अनुगमन थालियको थियोे। सो परियोजना अन्तर्गत सिचाइका लागि बोर र सिलाई कटाई तालिम अनुगमन गरिएको हो।

स्थलगत अनुगमन गरी समुहका ब्यक्तिहरुसंग टोलीले जलस्रोतबाट भए(गरेका काम र यसबाट समुदायमा भएको फाइदा र गाउँका अन्य समस्या र सम्भावनाका बारेमा छलफल समेत गरेको थियो ।

गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले वडा नं। ७ मा परियोजनाबाट जडान गरिएको जलस्रोतबाट निर्माण भएका योजनाहरु समुदायको हितमा काम भएको र काम हेर्दा सन्तोषजनक रहेको बताउनु भएको हो। अध्यक्ष चौधरीले भने, ‘पालिकामा अरु परियोजनाभन्दा जलस्रोतको काम गर्ने तौरतरिका ठिक छ । योजनामा पारदर्शिता छ सबैको सहभागिता देखिन्छ। कामको गुणस्तर र योजनाको दिगोपनका लागी पनि व्यवस्थापन गरिएको देख्दा समग्रमा परियोजनको काम ठिक लागेको कुरा बताउनु भएको हो । वडा नं। ७ पुर्ण सिचाइ वडा घोषणा गर्दा पनि मिल्ने बताउदै युवाहरूलाई सिपमुलक तालिम प्रदान गरि आर्थिक उन्नति र व्यावसायिक सीप प्रदान गरी महिला तथा युवाहरूलाई स्थानीयस्तरमै रोजगार सिर्जना हुने सम्भावना रहेको बताउनु भएको हो।

त्यस्तै सहमतिको कार्यकारी संयोजक हरि सापकोटाले यसरी संयुक्त अनुगमन टोलीबाट परियोजनाबाट सन्चालित कृयाकलापहरु सरोकारावालाहरुलाई अवलोकन भ्रमण गराउँदै सिचाइ परियोजना र युवा तथा महिला स्वरोजगार कार्यक्रमले सबैको सुझाव लिँदै काम अझ प्रभावकारी बढाउने बताउनु भएको हो।

समावेशी ग्रामीण विकास परियोजना नवलपरासी पश्चिम र नवलपरासी पुर्वमा २ वटा नगरपालिका , ४ वटा गाउँपालिका र १३ वडामा सन्चालित रहेको छ।

Leave A Reply

Your email address will not be published.