Jilla Ban Notis

भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीद्धारा खानेपानी आयोजनाहरुको अनुगमन

0 40

बर्दघाट,माघ–३०
लुम्विनी प्रदेश सरकार तराईका सवै क्षेत्रमा शुद्ध खानेपानीको पहुँच पु¥याउनका लागि चापाकलहरु विस्थापित गर्ने अभियानमा लागेको प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बताएका छन् । पश्चिम नवलपरासीको सरावल गाउँपालिमा हाल निर्माणधिन खानेपानी आयोजनाहरुको अनुगमनका क्रममा मन्त्री चौधरीले तराईका दक्षिणी भेगका नागरिहरु अहिले पनि चापाकलकै पानी पिउने गरेको र जसका कारण विभिन्न रोगहरुबाट शिकार हुनुपरेको बताएका हुन् ।

सरावल गाउँपालिका भित्र प्रदेश सरकार मार्फत विभिन्न ठाउँमा डिप बोरिङ्ग तथा ओभरहेड टंकी निर्माण कार्य चलिरहेको छ । सरावल गाउँपालिका खानेपानी सरसफाई आयोजना स्किम नम्बर १ हातिवन मा योजना अनुगमन पछि उपभोक्ता समिति र स्थानियलाई सम्बोधन गर्दै मन्त्री चौधरीले मधेशमा गरिवी हुनुको मुख्य सास्या पनि खानेपानी नै भएको बताएका थिए । तराईमा घरकै चापाकल छ किन धारा जोडेर खर्च गर्ने भन्ने प्रवृत्ति बढि भएको र खानेपानी सम्बन्धी चेतनाको पनि अभाव भएका कारण चापाकलकै पानी प्रयोग गर्दा पानी खराब र विभिन्न भाईरसहरुको संक्रमण हुने भएकोले त्यसले स्वास्थ्यमा प्रतिकुल असर पार्ने उनले बताए ।

विशेषगरी बर्षायामको समयमा तराईका अधिकांश भुभाग डुवानमा पर्ने र चापाकलको पानी जमिनकै माथिल्लो सतहबाट आउने भएकोले दुषित पानीका कारण झाडापखाला, ज्वरो लगायतका विभिन्न रोगले सताउँदा उपचारको क्रममा धेरै रकम खर्च हुने गरेका कारण पनि तराईमा गरिवीले गाँज्नुको मुख्य कारण भएको उनको धारणा रहेको थियो । उनेले बरु उपचारमा गर्ने खर्च पहिलेने शुद्ध खानेपानीको धारा जडानका लागि खर्च गरे त्यसले स्वास्थ्यमा पनि फाईदा हुने र दिर्घकालिन रुपमा पैसाको बचत हुने भएकोले सबै उपभोक्ताहरु एक जुट भएर योजना सम्पन्न गर्नुपर्नेमा जोड दिएका थिए ।

सरावल ४ हातिवनमा निर्माणाधीन रहेको खानेपानी आयोजनाको कुल लागत ६ करोड रहेको छ । चालु आर्थिक बर्षमा २५ लाख मात्र ब्यबस्था भएको र अर्को बर्षमा आर्थिक श्रोत अभाव हुन नदिनेगरी मन्त्रालयले योजना बनाएको पनि मन्त्री चौधरीले बताए ।

धनगढवामा अनुगमनगर्दै

हात्तिवनको खानेपानी आयोजना बाट त्यस क्षेत्रका १ हजार घर धुरी लाभान्वीत हुनेछन् । मन्त्री चौधरीले सरावल वडा नम्बर ५ धनगढवामा रहेको सरावल गाउँपालिका खानेपानी सरसफाई आयोजना स्किम नम्बर २ धनगढवाको पनि अनुगमन गरेका छन् । अनुगमनका क्रममा उनले योजना समयमा सम्पन्न गर्नका लागि सबै पक्ष सक्रिय भएर लाग्न आग्रह गरेका थिए । धनगढवाको आयोजनाका लागि ५ करोड ८४ लाख बजेट विनियोजन भएको छ । यो आयोजना मार्फत ७ सय १९ घर धुरी लाभान्वीत हुनेछन् । तराईका दक्षिण भेगमा भएका चापाकल विस्थापित गरी खानेपानी आयोजना मार्फत शुद्ध खानेपानीका धारा जडान गर्ने कार्यलाई तिब्रता दिन मन्त्रालयको तर्फबाट आवश्यक सहयोग गर्न तत्पर रहेको पनी उनको भनाई रहेको थियो ।

अनुगमनमा लुम्विनी प्रदेश सभाका प्रदेश सभा सदस्यहरु दिपेन्द्रकुमार अधिकारी र भगवती भण्डारीको पनि पनि सहभागिता रहेको थियो भने खानेपानी तथा सव डिभिजन कार्यालय रुपन्देहीको सम्पर्क कार्यालय परासीका जगन्नाथ गहतराजको पनि सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.