Jilla Ban Notis

रेडक्रश सोसाईटि पश्चिम नवलपरासीद्धारा गोदाम घर निर्माण ।

0 30

गौरीशंकर जयसवाल

परासी २६ माघ
नेपाल रेडक्रश सोसाईटि पश्चिम नवलपरासीले गोदाम घर निर्माण गरेको छ । विपद व्यवस्थापनका लागी प्राप्त हुने सामाग्रि राख्न स्थान अभाव भएका कारण रेडक्रशले दुई कोठे गोदाम घर निर्माण गरेको हो । रामग्राम नगरपालीकाको २५ लाख रुपैयाँको आर्थिक सहयोगमा भवन निर्माण गरिएको रेडक्रश सोसाईटिका सभापति राजेन्द्र प्रसाद अग्रहरीले जानकारी दिए ।

विशेष गरी वर्षातको बेला दातृ निकायबाट विभिन्न विपद व्यवस्थापनका समाग्रि प्राप्त हुने गरेपनि भण्डारणका लागी स्थान अभाव हुदा समस्या हुदै आएको थियो । नवनिर्मित भवनको आज रामग्राम नगरपालीकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले उद्घाटन गरेका छन । भवन उद्घाटन तथा तेस्रो जिल्ला साधारण सभालाई सम्बोधन गर्दे नगरप्रमुख गुप्ताले रेडक्रशले आफ्नो क्षेत्र विस्तार गर्दे धेरै संघ संस्था समाजिक सेवामा होमिएकाले रेडक्रशको महत्व बढाउन थप सक्रिय बन्नुपर्नेमा जोड दिए ।

उनले रामग्राम नगरपालिकाले नगरपालिकाभित्र स्वास्थ्य सेवा नगरिकलाई निःशुल्क सेवा प्रदान गर्ने उदेश्यले रेडक्रसलाई एउटा एम्बुलेन्स हस्तान्तरण गर्ने गुप्ताले बताए । प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले रेडक्रश पनि सरकारकै अगं जस्तै रहेको बताए । विपदका हरेक कार्यमा मानविय सेवाका लागी रेडक्रश सक्रिय रहेको बताउदै सरकारकै एउटा अगंको रुपमा रेडक्रशले काम गरिरहेको पाठकले बताए ।

नेपाल रेडक्रस जिल्ला शाखामा १६ वटा उपशाख रहेको शाखाले जनाएको छ । बाढीबाट पिडित ७१,अगलागीबाट ३३ गरी कुल १०४ परिवारलाई खाद्य सामाग्रही जिल्ला शाखा र उपशखाहरुमार्फत बितरण गरेको र शितलहर न्यूनिकरणका लागि गरीब बृद्ध अपाड बालबालिका र गर्भवती महिलाहरुलाई १३५ थान काम्बल बितरण गरिएको शाखाका सभापति राजेन्द्र अग्रहरीले बताए । उनको अनुसार ५९५ बिरामी तथा घाईतेलाई एम्बुलेन्सबाट सेवा प्रदान ,गरिएको जानकारी दिए ।
रक्तसञ्चार सेवाबाट ८५१ प्रिन्ट रगत संकलन भई हालसम्म ७८१ प्रिन्ट रगत बिरामी तथा घाईतेलाई सेवा प्रदान जसमध्येमहिला २९३ र पुरुष १३२ जान लाभविन्त भएको शाखाका मन्त्री ऋषिारम सुबेदीले जानकारी दिए ।

कार्यक्रममा सरावल गाँउपालीकाका प्रमुख प्रशासकिय अधिकृत वुद्धप्रकाश पौडेल, रेडक्रश सोसाईटिका प्रदेश सदस्य हैदर अली मोमिन, पुर्व अध्यक्ष दुधनाथ गुप्ता, जिल्ला उपसभापति कृष्ण प्रसाद लामिछाने, देवगाँउ उपशाखा सभापति रामउग्र यादव, सदस्य रुद्र कुमारी कंण्डेल लगाएतले अफानो धारण राखेका थिए ।

कार्यक्रममा मन्त्री ऋिषिराम सुवेदिले सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष रामकुमार गुप्ताले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Leave A Reply

Your email address will not be published.