Jilla Ban Notis

भ्यालेनटाइन डे र त्यसको महत्व

0 38

भ्यालेनटाइन डे को प्रतिक्षा युवा युवतीमा पहिलेदेखि नै हुने गर्दछ । यो दिन आफ्नो प्रेम प्रस्ताव राख्ने भनेर पहिलेदेखि नै आफुलाई तयारी अवस्थामा राख्छन् । यो पश्चिमी संस्कृती भएपनि पछिल्लो केहि बर्षयता यसको प्रभाव नेपालमा पनि परेको पाइन्छ । १४ फेव्रुअरीलाई भ्यालेनटाइन अर्थात प्रणय दिवस भनेता पनि प्रेम गर्नेहरुले यसलाई एक हप्तासम्म विभिन्न नामले मनाउने गर्छन् । यसको शुरुवात ७ फेव्रुअरीबाट शुरु हुन्छ ।

रोज डे :

७ फेब्रुअरीलाइ रोज डे को रुपमा मनाउने गरिन्छ । रोज डेको दिन सबै आफ्नो प्रेमी साथीहरुलाई आफुले मन पराएका लाई गुलाबको फूल दिने गर्छन् । यस्तो तरिकाले गुलाबको फूल उपहार स्वरुप दिएर आफ्नो सम्बन्धलाइ जोड्ने काम गर्छ । साथीलाइ पहिलो रँगको गुलाबको फूल दिन्छन यदि तपाइ कसैलाइ मन पराउनु हुन्छ भने उसलाइ रातो रँगको गुलाबको फूल दिनुहोस् । यदि तपाइले दिएको गुलाबको फूल सजिलैसँग स्विकार गरेमा यो बुझ्नुहोस् की तपाइले प्रेमको प्रस्ताव नै राखे पनि सजिलैसँग स्विकार गर्ने छ भनेर ।

प्रपोज डे :

८ फेव्रअरीलाइ प्रपोज डे को रुपमा मनाउने गर्दछन् । यो दिन आफुलाई मन परेकोलाई प्रेमको इजहार गर्ने गदर्छन् । यदि तपाइ पनि कसैलाइ मन पराउनु हुन्छ भने यो दिन तपाइको लागि उपयुक्त हुनेछ । तपाइ कसैलाई साथी बनाउन चाहनुहुन्छ भने पनि आफ्नो भावना लिएर नजिक पुग्न सक्नु तर तपाइ कसैलाइ साह्रै मन पराउनु हुन्छ भने यो दिन आफ्नो उ प्रतिको भावना पु्र्याइहाल्नुहोस फेरी निकै ढिला होला नी । प्रपोज डेको दिन, यो कुरा पनि भन्नुस की तपाइको जीवनमा उसको कुन स्थान छ भनेर ।

चकलेट डे :

९ फेव्रुअरीलाई चकलेट डे को रुपमा मनाइन्छ । चकलेट डे को दिनको शुरुवात केहि मिठो खाएर गरिन्छ । साथै आफ्नो chocolate dayसाथी वा प्रेमीलाई चकलेट दिएर आफ्नो प्रेमको सम्बन्धलाइ पनि चकलेट जस्तो मिठास बनाउने गरिन्छ । यो पनि भन्छन की चकलेट जस्तो मिठो केहि पनि हुदैन र प्रेम प्राप्त भए पछिको खुसी जस्तो अरु केहि पनि हुदैन र चकलेट खाएपछि प्रेमपनि बढ्छ रे । तपाइ पनि आफ्नो प्रेम वा प्रेमीकालाइ चकलेट दिएर सम्बन्धलाई प्रगाढ बनाउनुका साथै प्रेमलाइ बढाउनुहोस् ।

टेडी डे :

चकलेट डे पछि आउछ, टेडि डे अर्थात गुडिया डे । टेडि एकदम कोमल हुन्छ । जब यो दिन तपाइ आफ्नो प्रेमीलाइ टेडि गिफ्ट दिनुहुन्छ नी तपाइको मनको कुरा त्यो टेडिसँगै तपाइले माया गर्ने मान्छे कोमा पुग्नका साथै मनको कुरा पनि बुझ्छन् । यस दिन आफ्नो जीवन साथीलाइ मन पर्ने गुडिया उपहारमा दिनुहोस् र आफ्नो प्रेम सम्बन्धलाइ पनि गुडिया जस्तो कोमल र बलियो पार्नुहोस ।

प्रमिस डे :

यस दिनलाई सबै जना प्रेमी प्रेमीकाले जिन्दगीभरी हामी एकले अर्कालाई साथ दिने छौ भनेर कसम खाने गर्छन् । promise dayप्रेममा कसम खान्छन त जिन्दगी भर साथ निभाउनको लागि तर कतिपय अवस्था त्यस्तो नहुन पनि सक्छ । यस दिन तपाइ पनि आफ्नो प्रेमको जिन्दगीभर यादगार बनाउन सक्नुहुन्छ, एकले अर्कोसँग वाचा गरेर । यसदिन तपाइ आफ्नो प्रेमको लागि यस्तो वाचा गर्नुहोस र विस्तारै त्यसलाई पुरा गर्नतर्फ पनि लाग्नुहोस् । जस्तो कि प्रोमिस यू, आई विल लव यू टिल द इण्ड अफ माई लाइफ आदि । यस्तो भन्नु भयो भने तपाइको प्रेम गहिरो हुनेछ साथै तपाइको लाइफ पार्टनरलाइ पनि प्रमिस गर्नुहोस् । यसले पहिलाको भन्दा बढि विश्वास बढ्छ ।

हग डे :

यस दिन तपाइ आफ्नो पार्टनरको मायाको hag day अंगालोमा बेरेर आफ्नो माया र भावनाको अवगत गराउनु सक्नुहुन्छ । यस दिन तपाइ आफ्नो साथीलाई हग गरेर उसको कानमा यो कुरा भन्नुहोस् की तपाइको दिलमा उनको कुन स्थान छ भनेर । हग गर्याे भनेपनि केहि कमजोरीहरु टाढा भाग्छन् । त्यसैले तपाइ आफ्नो पार्टनरको मायाको अंगालोमा बेरेर उसलाई मन पर्ने उपहार दिएर हग डे मनाउन सक्नुहुन्छ ।

किस डे :

यस दिन खास महत्वपुर्ण रहन्छ । आफ्नो प्रेमको लागि बजारबाट कुनै राम्रो गिफ्ट किनेर दिन सक्नुहुन्छ । यस दिन kiss dayआफ्नो प्रेमीलाई उपहार स्वरुप तपाइले ल्याएको उपहार दिएर हग गर्नुभयो भने तपाइको प्रेमको गहिराइ बुझ्नेछन् । यस दिन तपाइ आफ्नो प्रेमी वा प्रेमीकाको हात आफ्नो हातमा लिएर किस गरेर आफ्नो प्रेमको लव मार्क छोड्न सक्नुहुन्छ । यसो गर्नुभयो भने आफ्नो पार्टनरलाइ निकै राम्रो लाग्ने छ । ध्यान राख्नुहोस् तपाई भावुकतामा आएर कुनै नराम्रो काम नगर्नुहोस् । आफ्नो मर्यादामा रहेर राम्रो व्यवहार गर्नुहोस् ।

१४ फेव्रुअरी भ्यालेनटाइन डे :

यस दिन सबै युवा युवतीको लागि महत्वपूर्ण हुनेछ । यस दिन आफ्नो दिलको कुरा खुलेर गर्न सक्नुहुन्छ । यदि तपाइ आफ्नो दिलको कुरा जसलाई मन पराउनु भएको छ उसलाइ भन्न सक्नुभएको छैन भने यस दिनलाई प्रयोग गर्न सक्नुहुन्छ । यस दिन तपाइले मन पराएको मान्छेलाई प्रेम व्यक्त गरेर राम्रो खालको उपहार दिनुहोस् । यदि उसको दिलमा पनि तपाइको लागि कुनै स्थान छ भने तपाइको प्रपोजलाइ अस्वीकार अवश्य गर्ने छैनन् । त्यसैले तपाइ पनि आफ्नो माया व्यक्त गर्नहोस् भोलि भन्छु भनेर दिन मात्र कुरेर बस्नुभयो भने निकै ढिला भइसकेको हुन्छ । यस्तो मौका पटक पटक आउदैन । तपाइको लागि प्रेमको प्रस्ताव राख्ने यो नै उपयुक्त समय हो किन पछि पर्नुहुन्छ ? यसरी नै भ्यालेनटाइन डे तपाइ मनाउनु सक्नुहुन्छ र एक हप्तासम्म मनाएर आफ्नो प्रेमीसँग मिलेर लाइफलाई सधै यादगार बनाउनु सक्नुहुन्छ ।

रोज डेदेखि शुरुभएर भ्यालेनटाइन डेसम्म तपाइ आफ्नो दिनलाई खास बनाउनु सक्नुहुन्छ । यसरी नै आफ्नो लाइफलाई भ्यालेनटाइनको सप्ताह जसरी प्रत्येक पललाई सधैको लागि यादगार बनाउनुहोस् । ह्याप्पी भ्यालेनटाइन डे अर्थात यो प्रणय दिवसमा तपाइले चाहेको मनले रोजेको मान्छे फेला पार्नहोस् हाम्रो शुभकामना ।

Leave A Reply

Your email address will not be published.