Holi care school

सरकारले सिपाई राखेर डर देखाएर मात्र वनको संरक्षण हुदैन ः पन्त

वन शक्ति सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा ईन्द्र बहादुर चौधरी

32

कृष्ण ढकाल
बर्दघाट,माघ–२४
उपभोक्ताहरु सचेत नहुदा सम्म सरकारले सिपाई राखेर डर देखाएर मात्र वनको संरक्षण हुन नसक्ने बर्दघाट–सरावल सव डिभिजन वन कार्यालय बर्दघाटका प्रमुख गिरीराज पन्तले बताउनु भएको छ । वन शक्ति सामुदायिक वन उपभोक्ता समुह बर्दघाट वडा नं. १० को आज भएको १२ औं वार्षिक साधारण सभा तथा ८ औं अधिवेशनको उद्घाटन गर्दे पन्तले सो कुरा बताउनु भएको हो ।
उहांले वनको संरक्षण गर्न वनको पहुचमा रहेका उपभोक्ताहरुलाई उनीहरुको चाहना र ईच्छा अनुरुप संरक्षणको जिम्मेवारी दिएमा वन अवश्य संरक्षण् हुने बताउनु भयो । पछिल्लो समय विषेशगरी पहाडतिरका खरवारी र घरवारीहरु पनि वनका रुपमा परीणत हुन थालेको स्मर गराउदै वनलाई पर्यापर्यटनसंग जोडेर उत्पादन मुलक किसिमले कार्य गर्नका लागि सामुदायिक वनहरुलाई आग्रह गर्नु भएको थियो ।
फरक प्रसंगमा उहांले सामुदायिक वन भनेको नेतृत्व उत्पादन गर्ने थलोका रुपमा रहेको भन्दै अव आउने नेतृत्वले पनि वन संरक्षण गर्दै दिगो वन ब्यवस्थापनमा लाग्ने आशा ब्यक्त गर्नु भएको थियो ।

सोही कार्यक्रममा बोल्दै सामुदायिक वन महासंघ नवलपरासीका अध्यक्ष कमल परियारले अब सामुदायिक वनहरुले आय आर्जन र सीपमुलक कार्यसंग जोडीएर आफ्नो कार्ययोजना बनाउन जरुरी रहेकोमा जोड दिनु भएको थियो । त्यसैगरी उहांले वन संरक्षण् र वृक्षारोपण गर्ने कार्यलाई पनि प्रभावकारी बनाउनु पर्नेमा जोड दिनु भयो ।

वन शक्ति सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष रामनारायण चौधरीको अध्यक्षता जमुना के.सी.को स्वागत र सचिव शारदा पोखरेलको संचालनमा भएको कार्यक्रममा चिसापानी सामुदायिक वनका अध्यक्ष होम बहादुर गुरुङ्ग, संसारकोट हरियाली सामुदायिक वनका अध्यक्ष कमल पराजुली लगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो ।

कार्यक्रममा गरीव तथा विपन्न उपभोक्ता परिवारका १५ जना विद्यार्थीहरुलाई विद्यालयको पोशाक,तथा स्टेश्नरी समेत वितरण गरीएको थियो ।
बर्दघाट नगरपालिका वडा नं. १० र ११ सरावल गाउपालिका वडा नंम्वर ३ र पाल्हिनन्दन गाउंपालिका वडा नम्वर १ का उपभोक्ताहरुलाई सेवा प्रदान गर्ने गरी गठन भएको वन शक्ति सामुदायिक वन उपभोक्ता समुहमा ८ हजार ६ सय ६८ जना उपभोक्ताहरु आवद्ध रहेका छन् । जस्मा ४ हजार ६ सय ३४ जना महिला ,४ हजार ३४ जना पुरुष रहेको उक्त वन समुहको ४ सय ४ दशमलब ३३ हेक्टर वन क्ष्ँेत्रफल रहेको छ ।

संसारकोट हरियाली सामुदायिक वन र चिसापानी सामुदायिक वनको विचमा रहेको वन शक्ति सामुदायिक वन २०५४ सालमा वन हस्तान्त्रण भएपनि २०७० साल कार्तिक ९ गते विधिवत रुपमा दर्ता भएको थियो ।

वन शक्ति सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा ईन्द्र बहादुर चौधरी

वन शक्ति सामुदायिक वन उपभोक्ता समुह बर्दघाट वडा नं. १० को आज भएको १२ औं वार्षिक साधारण सभा तथा ८ औं अधिवेशनबाट ईन्द्र चौधरी अध्यक्षमा निवार्चीत हुनु भएको छ । त्यसैगरी समुहको उपाध्यक्षमा नमकला चौधरी,सचिवमा शारदा पोखरेल र कोषाध्यक्षमा मुक्तिनाथ भुषाल निर्वाचीत हुनु भएको छ ।
त्यसैगरी समुहको सदस्यमा सृजना थापा,सृजना कोईराला,राम प्रसाद पाण्डे,सन्तोष गैरे,गंगा प्रसाद चौधरी,सोनु चौधरी धनकुमारी चौधरी लगाएत २४ सदस्य नयां कार्य समिति रहेको छ ।