बर्दघाट,माघ–२४
सामुदायिक रेडियो दाउन्नेको अध्यक्षमा यम बहादुर थापा चयन हुनु भएको छ । दाउन्ने सुचना तथा सहकारी सस्था लिमिटेडद्धारा सञ्चालित सामुदायिक रेडियो दाउन्ने १०३।४ मेगाहर्ज बर्दघाटको गत पौष २८ गते भएको १० औँ बार्षिक साधारण सभा तथा पाचौँ अधिबेशनले नयां नेतृत्व चयन गर्न नसकेपछि रोकिएको नेतृत्व चयन आज सम्पन्न् भएको छ ।
आज यम बहादुर थापाको अध्यक्षतामा ११ सदस्य नया नेतृत्व सर्व सम्मत चयन गर्दै यस पटकको अधिवेशन पनि सकिएको छ । आज भएको नेतृत्व चयनले उपाध्यक्षमा ईन्द्र बहादुर गुरुंग र सचिवमा हरि प्रसाद शर्मा ढकाललाई चयन गरेको छ भने सह सचिवमा विनिराम भुषाल र कोषाध्यक्षमा हरिजंग रायमाझि लाई चयन गरेको छ । त्यसैगरी सदस्यहरुमा कृष्ण प्रसाद भुषाल, कमल गैरे, रामजी लौडारी, ध्रुब नारायण बानिया, दामोदर न्यौपाने रने सार्की सर्व सम्मत चयन हुनुभएको छ ।
त्यस्तै भगवन्त प्रसाद धवलको समयोजकत्वमा ३ सदस्यिय लेखा समिति गठन गरिएको छ । जसको सदस्यहरुमा विष्नु पन्त, अशोक कुमार पाण्डे रहनुभएको निर्वाचन मण्डलका समयोजक आनन्द प्रसाद भुषालले जानकारी दिनुभएको छ । निर्वाचित सम्पुर्ण पदाधिकारीहरुलाई आगामी शुक्रबार सपथ ग्रहण गराइने समयोजक भुषालले जानकारी दिनुभएको छ ।