Holi asnjal makar GURU

राष्ट्रिय कृषि गणना २०७८को तयारी शुरु

61

रिमा कुमारी ढकाल
चितवन,माघ–१४
दश–दश वर्षमा हुने नेपालको राष्ट्रिय गणना अन्र्गतको कृषि गणना कार्यक्रम यस वर्ष अब २०७८साल पुष देखि फागुन सम्म हुने भएको छ । राष्ट्रिय कृषि गणना २०७८को तयारीका लागि जिल्लामा तथ्याक कार्यालयहरुले आफ्नो तयारी शुरुगरेका छन् । नवलपरासी र चितवन जिल्ला हेर्ने तथ्याङ्क कार्यालय चितवनले आज भरतपुरमा चितवन जिल्लाका सरोकारवाहरुसंग सचेतना गोष्ठी सम्पन्न् गरेको छ ।

तथ्याङ्क कार्यालय चितवनका तथ्याङ्क अधिकृत यज्ञमुर्ति भण्डारीले सहभागिहरुलाई जनगणनाको उद्धेश्य,तथ्याङ्क संकलन विधि,जनशक्ति परिचालन,लागत, अनुगम तथा संरचनागत अवस्था र समावेस गरीएका प्रश्नहरुका वारेमा सहजीकरण गर्नु भएको थियो ।

२०१८ सालमा नेपालमा पहिलो पटक कृषि गणना गरिएको, र तत् पश्चात हरेक १०÷१० वर्षमा गणना गरिदै आएको तथ्याङ्क अधिकृत भण्डारीले बताउनु भएको छ । उहांका अनुसार आगामी २०७८ सालमा गरिने कृषिगणना यही क्रमको सातौैं गणना रहेको छ भने पहिलेका गणनामा जस्तै यो गणना पनि छनोट विधिमा आधारित हुने बताईएको छ ।

अहिलेको गणना संघीय संरचना अनुसार तीनै तहका सरकारहरुले गरेका कृषि सम्बन्धी योजना तर्जुमा एवं नीति निर्माण, अनुगमन तथा मूल्यांकन गर्न आवश्यक पर्ने कृषि बनोट सम्बन्धीमा केनद्रीत रहेर तथ्याङ्क संकलन गरीने छ ।
त्यसैगरी
कृषक परिवारले चलन गरेको जग्गाको उपयोग तथा बाली लागेको जग्गाको क्षेत्रफल र उत्पादन, उमेर र जात अनुसार विभिन्न पशुपन्छीहरूको सङ्ख्यालाई पनि अहिलेको तथ्याकमा समेटीने छ भने वनबनेलो तथा सहायक कृषि क्रियाकलाप सम्बन्धी विवरण, कृषि औजार तथा कृषिका साधनहरूको प्रयोग, कृषि ऋण, विमा, खाद्यान्नको पर्याप्तता र कृषि बजार सुविधा, कृषिमा वातावरणिय प्रभाव आदि सम्बन्धी विवरणलाई अहिलेको तथ्याङ्कले समेट्ने तथ्याङ्क अधिकृत यज्ञमुर्ति भण्डारीले बताउनु भएको छ ।

अहिलेको तथ्याङ्क संकलनमा पाइलट कृषि गणनाको छनौटमा १५ जिल्लाहरु परेका छन् । जहां ३ लाख २५ हजार देखि ३ लाख ५० हजार कृषक परिवारबाट प्रत्यक्ष अन्तरवार्ता गरी तथ्यांक संकलन गरिन योजना लिईएको छ ।

कृषि गणना कार्यक्रम २०७८ मा विषेशगरी कृषि चलनमा महिलाको नाममा जग्गा भए वा नभएको ,महिलाको नाममा भएको जग्गाको क्षेत्रफल ,दर्ताको अवस्था र वातावरण सम्वन्धी प्रश्नहरु समावेश गरिएको तथ्याङ्क अधिकृत भण्डारीले बताउनु भएको छ । त्यसैगरी जलवायु परिवर्तनले कृषिमा पारेको असर,कृषि कार्यमा कोभिड–१९ ले पु्याएको असर र प्रभाव
कृषि वीमा र पँहुच लगाएत कृषि चलनले कृषि कार्यको लागि ऋण जस्ता विषयमा पनि तथ्याक संकलन गर्ने कार्य केन्द्रित रहने तथ्याङ्क अधिकृत भण्डारीले बताउनु भएको छ ।