Holi care school

डिजिटल नेपाल फ्रेमवर्क’ मुलुकको रुपान्तरणकारी कार्ययोजना स् सञ्चारमन्त्री गुरूङ

44

काठमाडौँ, माघ १२
सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले ‘डिजिटल नेपाल फ्रेमवर्क’ मुलुकको रुपान्तरणकारी कार्ययोजना भएको बताउनुभएको छ ।
मन्त्री गुरुङले यस कार्ययोजनालाई सफल बनाउन दृढतापूर्वक सरकार लागेकाले यसलाई सहयोग गर्न सरोकारवाला निकायलाई आग्रह गर्नुभयो ।
प्रवक्ता गुरुङले डिजिटल नेपाल फ्रेमवर्कसँग सम्बन्धित सरोकारवाला निकाय र सरकारबीच सहकार्य आवश्यक रहेको समेत स्पष्ट पार्नु भयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा सोमबार मन्त्रालयमा आयोजित डिजिटल नेपाल फ्रेमवर्क सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले सूचना र प्रविधि क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय स्तरको ‘सूचना प्रविधि लगानी सम्मेलन’ आयोजना गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो “सूचना प्रविधिको क्षेत्रमा समेत अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । त्यसका लागि प्रविधि सम्मेलनको अवधारणा अगाडि सारेका छौं ।
उहाँले ‘एप’ सार्वजनिक गर्ने नाममा बजेट मात्रै खर्च गर्ने पक्षमा सरकार नरहेको चर्चा गर्नुहुँदै यसको उपादेयताबारे पनि स्पष्ट हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले विज्ञहरुको राय, सुझावलाई ग्रहण गरेर सूचना प्रविधिको विकासको कामलाई तीव्रता दिन मन्त्रालयले विज्ञहरुको ‘रोष्टर’ बनाउने कार्यलाई अन्तिम चरणमा पुु¥याएको पनि स्मरण गर्नुभयो ।
कार्यक्रममा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयको कामलाई प्रभावकारी बनाउन सरोकारवाला निकायसँग सहकार्य गरेर अघि बढन मन्त्रालय तयार रहेको बताउनु भयो । स्रोत ःगोरखापत्र अनलाईन